IME Life New

चार अर्ब लगानीमा लुम्बिनीकाे बर्दियामा टायल्स उद्याेग सञ्चालनमा आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशकाे बर्दियामा सवा ४ अर्ब रुपैयाँकाे लगानीमा टायल्स उद्याेग सञ्चालनमा आउने भएकाे छ। गुलरियामा निर्माणाधीन टायल्स उद्याेले भर्टिफाइड टायल्स उत्पादन गर्नेछ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार निर्माणाधीन लुम्बिनी सेरामिक्स लिमिटेडले सन् २०२४ काे अन्त्यतिर देखि टायल्स उत्पादन शुरू गर्ने लक्ष्य रहेकाे छ ।

पछिल्लाे समय नेपालमै टायल्स उत्पादन गर्ने क्रम बढेकाे छ। वीरग‌ंजमा स्थानीय यूवा उद्यमीले शत प्रतिशत स्वदेशी लगानीमा नेपाेभिट ब्राण्डमा पहिलाे टायल उत्पादन शुरु गरेयता भारतीय संयुक्त लगानीका थप दुई वटा टायल्स उद्याेगमा लगानी भित्रिएकाे छ । रमेश कर्पले भारतीय स‌ंयुक्त लगानीमा भारतीय नाम चलेकाे ब्राण्ड कजरियाकाे सेरामिक्स उत्पादनका लागी नवलपरासीमा उद्याेग स्थापना गरिरहेकाे छ । यसैगरी मुरारका समूहले पनि भारतीय साेमानी ब्राण्डकाे टायल्स नेपालमै उत्पादन गर्न नवलपरासी भैरहवा राजमार्ग छेउमा उद्याेग सञ्चालनमा ल्याउँदैछ ।

Esewa
Crest

लुम्बिनी सेरामिक्सले कूल पूँजीकाे ७५ प्रतिशत रकम बैंक कर्जाकाे माध्यमबाट जुटाउने लक्ष्य राखेकाे याे उद्याेगले अल्पकालीन कर्जाका लागी इक्रा एनपि एफाे र दीर्घकालीन कर्जाका लागी इक्राएनपि एलबि प्लस रेटिङ पाएकाे छ।

टायल्सकाे आयातमा २५ प्रतिशत भन्सार महशुल कायम गरिएकाले स्थानीय उत्पादनसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न चुनाैती हुने देखेर भारतीय उत्पादकहरु नेपालमै उत्पादन शुरु गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS