IME Life New

सरकारले फेरी बढायाे इन्धनकाे मूल्य, दशैंकाे मुखमै ग्याँसकाे भाउ २१ सय नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम इन्धनकाे मूल्य पुनः वृद्धि गरेकाे छ। निगमले शनिबार सार्वजिनक सूचना जारी गर्दै आइतबारदेखि लागी हुने गरी पेट्राेल, डिजेल मट्टीतेल हवाई इन्धन र खाना पकाउने ग्याँसकाे समेत भाउ बढाएकाे हाे ।

नयाँ भाउ अनुसार काठमाडाै‌ं पाेखरा र दिपायल क्षेत्रकाे लागी पेट्राेलकाे भाउ प्रति लिटर २ रुपैयाँले महँगिएर १८५ कायम गरिएकाे छ। डिजल र मट्टीतेलकाे भाउ प्रति लिटर ६ रूपैयाँका दरले वृद्धि गरेर १७९ रूपैयाँ पुर्‍याएकाे छ। यसैगरी खाना पकाउने ग्याँसकाे मूल्य प्रति सिलिण्डरमा २१५ रुपैयाँका दरले महँगाे भएकाे छ। अब उपभाेक्ताले एक सिलिण्ड खाना पकाउने ग्याँस किन्दा भरियाकाे ज्याला बाहेकै २ हजार ११० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसैगरी निगमले हवाई इन्धनकाे मूल्य पनि प्रति लिटर रु. १३६ बाट रू. १४४ पुर्‍याई दिएकाे छ।

Esewa
Crest

निगमले पूर्वकाे चारआली,विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजमा प्रति लिटर पेट्राेलकाे मूल्य रू. १८२‍.५० ताेकेकाे छ। सुर्खेत र दाङकाे लागी प्रति लिटरकाे मूल्य रु‍. १८४ कायम गरेकाे छ। डिजल र मट्टीतेलकाे प्रतिलिटर मूल्य रू. १७६‍.५० र रू.१७८ ताेकिएकाे निगमले प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएकाे छ। निगमका अनुसार वृद्धि भएकाे मूल्य शनिबार मध्यरात पछि लागू हुनेछ।

डिजलकाे मूल्य वृद्धिले ढुवानी लागत वृद्धि हुनेछ भने हवाई इन्धनकाे भाउ बढेसँगै आन्तरिक हवाई टिकटकाे पनि मूल्य बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS