IME Life New

अमेरिकी अनुदानकाे ६ कराेड ६५ लाख रुपैयाँ खाद्य सुरक्षाकाे तथ्यांकमा खर्चिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनको गुणस्तर र उपलब्धता सम्बन्धी अध्ययनका लागी करिब ५ लाख अमेरिकी डलर खर्चिने भएकाे छ। आगामी दुई वर्ष खाद्य सुरक्षाकाे अवस्था अध्ययन गर्न संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) ले विश्व खाद्य कार्यक्रममार्फत् नेपालका लागी ४ लाख ९९ हजार ९५१ अमेरिकी डलर सहयाेग उपलब्ध गराएकाे हाे।

अमेरिकी अनुदान रकम शनिबार कायम विनिमय दर अनुसार ६ कराेड ६५ लाख ७१ हजार रुपैयाँ बराबर हुन आउँछ। खाद्य सुरक्षाका लागी खाद्य उत्पादन, पाेषण र जीवनयापन सुधार गर्न थप आवश्यक र गुणस्तरिय तथ्या‌ंककाे उपलब्धता गराउनका लागी प्रयाेग हुनेछ। अक्टोबर २०२२ मा जारी गरिएको खाद्य कार्यक्रमको पछिल्लो घरपरिवार सर्वेक्षण अनुसार नेपालमा बसोबास गर्ने करिब १७ प्रतिशत (४९ लाख १० मिलियन) जनसंख्या खाद्य असुरक्षाकाे रेखामूनी छन्, याे सन् २०२२ को जुन १३.२ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हाे।

Esewa
Crest

खाद्य कार्यक्रम र साझेदारहरूले यस पहल अन्तर्गत प्राप्त तथ्यांककाे उचित प्रयोग गरी राष्ट्रिय र प्रादेशिकस्तरमा विश्वव्यापी खाद्य संकट र घरेलु खाद्य सुरक्षामा परेका अन्य धक्का र तनावको निरन्तर मूल्याङ्कन गर्नेछन्। तथ्याङ्क सङ्कलनको आवृत्ति र दायरा बढाउँदा सरोकारवालालाई खाद्य सुरक्षाको संरक्षण गर्ने लचिलोपन निर्माण गतिविधिमा कहिले, कहाँ र कसरी लगानी गर्ने भन्नेबारे अझ राम्ररी सूचित निर्णयहरू गर्न सक्षम बनाउने छ जसले कमजाेर वर्गहरू विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई खाद्य असुरक्षाकाे मारबाट जाेगाउनेछ। खाद्य उत्पादन र आपूर्तीकाे अध्ययनमा मासिक बजार मूल्याङ्कन, घरपरिवार सर्वेक्षण र कृषि उत्पादनकाे अवस्थाबारे अनुगमन समावेश हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS