IME Life New

बीमितको हित संरक्षण र बीमाको पहुँच अभिवृद्धिका लागि अभिकर्ताको भुमिका महत्वपुर्ण हुन्छः कार्यालय प्रमुख शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमितको हित संरक्षण र बीमाको पहुँच अभिवृद्धिका लागि अभिकर्ताको भुमिका महत्वपुर्ण हुने बताएकी छिन् । मधेश प्रदेश कार्यालयले असोज १२ गते कार्यालयको हलमा मधेश प्रदेशमा सक्रिय रुपमा कार्यरत जीवन बीमा अभिकर्ताहरुसँग समसामयिक विषयमा छलफल गरेको कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले बीमितको हित संरक्षण र बीमाको पहुँच अभिवृद्धिका लागि अभिकर्ताको महत्व भुमिका रहेको हुँदा अभिकर्ताहरुले आफ्ना नजिकका पालिकाहरुमा बीमा सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरामा अभिकर्ताहरु सक्रिय रुपमा लाग्न आग्रह गरिन् । साथै, बीमा ऐन, २०७९ मा भएको प्रावधान बारे प्रकाश पार्दै बीमा बजारमा भएको विकृति रोक्न अनुरोध गरिन् ।

Esewa
Crest

उक्त कार्यक्रममा शर्माले अभिकर्ताहरुसँग बीमा व्यवसायलाई व्यवस्थित र विश्वसनिय रुपमा अगाडि बढाउने गरि काम गर्न र बीमाप्रति आम सर्वसाधारणमा सकारात्मक धारणा सृजना हुने गरी काम गर्न बीमा अभिकर्ताले आफ्नो दक्षता र क्षमतालाई अभिवृद्धि गर्दै जानुपर्ने धारणा राखिन् ।

बीमा कम्पनीको पहिलो अण्डरराईटरको रुपमा बीमा अभिकर्ता स्वयं हुने हुँदा बीमा अभिकर्ताले आफु कार्यरत रहेको बीमा कम्पनी तथा त्यस कम्पनीबाट जारी हुने बीमालेख तथा बीमालेखका शर्त सुविधाहरुका सम्बन्धमा बीमितलाई पूर्ण रुपमा जानकारी दिन, बीमा प्रस्ताव फाराम पूर्ण रुपमा भर्न, बीमितको आयश्रोतका आधारमा बीमालेख बिक्री गर्न, बीमाशुल्क प्राप्त गरे पश्चात बीमितलाई अनिवार्य रुपमा रसिद उपलब्ध गराउन साथै बीमा अभिकर्ता पेशालाई मर्यादित बनाउने गरी काम गर्न निर्देशन दिइन् ।

छलफल कार्यक्रममा अभिकर्ताहरुले छिमेकि राष्ट्र भारतमा जस्तै नेपालमा पनि अभिकर्ताले बुझाएको कमिसन बापतको कर अवकाश पश्चात अभिकर्ताले पाउने प्रावधानका लागि पहल गर्न अनुरोध गरेका थिए । साथै, बीमा कम्पनीहरुबाट निर्धारण हुने स्कीम का आधारमा आफुहरुले टार्गेट मिट गर्दा गर्दै पनि सो स्कीम को सुविधा प्राप्त गर्न थप अभिकर्ता अनिवार्य रुपमा बनाउनु पर्ने बाध्यात्मक व्यवस्था हटाउन, बालबालीकाको बीमा गर्दा लाग्ने बीमा शुल्कलाई कर योग्य आयमा कर छुट हुने व्यवस्थाका लागि प्राधिकरणले आवश्यक पहल गरिदिन, र अभिकर्ता कमिशन बीमालेख अवधिभर पाउनु पर्ने व्यवस्था कायम गर्न सुझाव दिएका थिए ।

केहि अभिकर्ताहरुले व्यतित भएका बीमालेखहरुको हकमा बीमा अवधि समाप्त भए पश्चात बीमितले बुझाएको बीमाशुल्क बीमितले पाउने व्यवस्था राख्न र जीवन बीमा बजारमा रहको अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्नका लागि प्राधिकरणले सम्पूर्ण जीवन बीमकहरुको अभिकर्ता प्रोमोशन सम्बन्धि मापदण्ड निर्धारण गर्नु पर्ने सुझाव दिएका थिए । त्यसै गरी केहि जीवन बीमा कम्पनीहरुले पुरक करार बिक्रि गर्दा बीमितको साक्षरतालाई आधार मानि बेच्ने गरेको गुनासो राखेका थिए ।

अभिकर्ताहरुका अनुसार अधिकांश समर्पण तथा व्यतित बीमालेखहरु बैंकाइन्स्योरेन्स का कारणले भएको धारणा राख्दै बैंकास्योरेन्स लाई पुनः सञ्चालन नगर्न सुझाव दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS