IME Life New

यती एयरकाे ४९ प्रतिशत शेयर किनेर हवाई सेवामा समेत प्रवेश गर्दै एशियन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्याेरेन्सले हवाई सेवा कम्पनी यती एयरलाइन्समा समेत लगानी बिस्तार गर्ने भएकाे छ। यती हाेल्डिङ्गस अन्तर्गतकाे यती एयरलाइन्स लिमिटेडकाे ४९ प्रतिशत शेयर स्वामित्व एशियन लाइफले खरिद गर्ने तयारी भइरहेकाे छ।

नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा पछिल्लाे समयमा तनावमा रहेकाे यती हाेल्डिङ्गसले साझेदारका रुपमा एशियन लाइफ इन्स्याेरेन्सलाई भित्र्याउन लागेकाे हाे । यती एयरमा एशियन लाइफले झण्डै १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्न लागेकाे सम्बद्ध श्राेतले जानकारी दिएकाे छ।

Esewa
Crest

लगानीकाे लागी सशर्त सहमति दिएका छौं, प्राधिकरणका एक अधिकृतले इन्स्याेरेन्स खबरसँग भने, सोल्भेन्सी रेसियो र दाबी भुक्तानीका लागि तरलता कायम राख्ने गरी लगानीको सहमति दिइएको हो।

बाह्य साझेदार भित्र्याउनका लागी कानूनी प्रकृया सहज बनाउन तीन महिना अघि मात्र यती एयर प्रा‍.लि.बाट लिमिटेड कम्पनीमा रूपान्तरण गरिएकाे थियो। यती एयरको उच्च व्यवस्थापनले साेमबार आयाेजित २५ औं वार्षिकाेत्सव कार्यक्रमकाे अवसरमा चाँडै नै सर्वसाधारणमा शेयर निष्काशन गर्ने तयारी भइरहेकाे जानकारी गराएकाे थियाे ।

पाेखरामा गत माघ १ गते ७२ जनाकाे निधन हुने गरी एटिआर ७२ विमान दुर्घटना पछि खस्किएकाे यती एयरकाे व्यापार तीन महिना पछि पुनः गती लिन थालेकाे छ।

२५ वर्ष पुरानाे घरेलु हवाई उडान सेवा कम्पनी यती एयरसँग हाल पाँचवटा एटिआर ७२ विमान रहेकाे छ। यतीले भगिनी स‌ंस्था सीता एयरमार्फत् पनि छाेटाे दूरीकाे हवाई उडान सेवा प्रदान गर्दै आएकाे छ। गत वर्ष यसले १० लाख यात्रुलाई हवाई उडान सेवा दिएकाे थियाे ।

नेपाल बीमा प्राधिकरणले पर्यटन, जलविद्युत, पूर्वाधार, घरजग्गा लगायतकाे क्षेत्रमा कूल लगानीकाे २५ प्रतिशतसम्म लगानी गर्ने बाटाे खुल्ला गरिदिएपछि एशियन लाइफले तीब्र गतीमा लगानीमा विविधता दिई रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS