IME Life New

काठमाडाैंमा प्लेन चढेर बाहिरिने भन्दा भित्रिने आन्तरिक यात्रूकाे संख्या धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विमानस्थलका अनुसार आन्तरिक हवाई उडान सेवाकाे माध्यमबाट काठमाडाै‌ंबाट बाहिरिनेभन्दा भित्रिनेकाे संख्या अधिक रहेकाे छ। सन् २०२३ काे पहिलाे आठ महिनाकाे अवधिमा उपत्यका बाहिरकाे विमानस्थलबाट १३ लाख १७ हजार १३२ यात्रूलाई विमान कम्पनीले काठमाडौं ल्याएका छन् ।

त्रिभूवन विमानस्थल कार्यालयका अनुसार जनवरी देखि अगस्त सम्मकाे आठ महिनाकाे अवधिमा नेपाली वायू सेवा कम्पनीले काठमाडाै‌बाट १२ लाख ९२ हजार ६१ यात्रुलाई विभिन्न आन्तरिक गन्तव्यमा पुर्याएका छन् ।  त्रिभूवन विमानस्थलबाट यस अवधिमा कूल २६ लाख ९० हजार यात्रूले आन्तरिक गन्तव्यमा उडान सेवा लिएका हुन् । विमानस्थल कार्यालयले जारी गरेकाे तथ्या‌ंक अनुसार आठ महिनाकाे अवधिमा स्वदेशी वायू सेवा कम्पनीले काठमाडाै‌ं विमानस्थलमा ६० हजार ४३५ आन्तरिक उडान र अवतरण भएका थिए।

Esewa
Crest

त्रिभूवन राजपथकाे नारायणगढ मुग्लिङ खण्डमा लगातारकाे पहिराेले आवागमन लामाे समयदेखि अवरुद्ध हुने क्रम जारी रहेकाे र मुग्लिङबाट पर्यटकीय गन्तव्य पाेखरा जाने राजमार्ग, नारायणगढबाट बुटवल भैरहवा जाने राजमार्ग पनि निक्कै खराब अवस्थामा रहेकाले क्रय क्षमता हुने यात्रुले हवाई मार्ग नै राेज्नुपर्ने बाध्यता भएकाे हाे । यसबाहेक वैदेशिक राेजगारीका लागी बाहिरिने यूवा जनशक्तिकाे स‌ंख्या पनि हालसम्मकै उच्च भएकाले  हवाई मार्ग हुँदै काठमाडाै‌ं आउनेकाे स‌ंख्या पनि बढेकाे हाे ।

यस अवधिमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र बाह्य समेत गरी कूल ५४ लाख ६० हजारभन्दा बढी  यात्रुले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयले जारी गरेकाे तथ्याङ्क अनुसार, ८० हजार ४६५ पटक भएकाे उडान र अवतरणबाट याे स‌ंख्यामा यात्रूले विमानस्थलकाे सेवा प्रयाेग गरेका हुन् ।

विमानस्थलबाट कूल २८ लाख ५० हजार यात्रुले उडान गरेकोमा कूल १२ लाख ८० हजार यात्रू नेपाल भित्रिएका छन् भने विश्वका विभिन्न गन्तव्यमा १५ लाख ६० हजार यात्रू बाहिरिएका छन्। याे अवधिमा २० हजार पटक अन्तर्राष्ट्रिय उडान र अवतरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS