IME Life New

कच्चा पद्धार्थकाे भाउ बढेपछि रियल स्टीलकाे घाटा रु. २३ कराेड नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । वीरगञ्जका यूवा उद्यमीकाे लगानी रहेकाे रियल स्टील प्रा‍.लि.ले गत वर्ष २३ कराेड ६० लाख रुपैयाँ घाटा व्यहाेर्नु परेकाे छ। कच्चा पद्धार्थकाे मूल्य वृद्धिकाे तुलनामा तयारी मालवस्तुकाे भाउ बढ्न नसकेपछि घाटा चुलिएकाे हाे ।

रेटिङ एजेन्सी केयर रेटिङका अनुसार गत आर्थिक वर्षमा काराेबार आम्दानीमा १० प्रतिशत गिरावटसँगै घाटा पनि उल्लेख्य बढेकाे हाे । गत आवमा कूल १ अर्ब २३ कराेड १० लाख रुपैयाँ बराबरकाे काराेबार गर्याे । उद्याेगले अघिल्लाे आव २०७८।७९मा १ अर्ब ३७ कराेड ५० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे ।

Esewa
Crest

कच्चा पद्धार्थ एचआरसिट, एसआर सिट(फलामे पाता) र क्वायल(फलामे तार) लगायतका कच्चा पद्धार्थ भारतबाट आयात गरेर तयारी वस्तु उत्पादन गर्दै आएकाेमा कच्चा पद्धार्थकाे मूल्य वृद्धिकाे तुलनामा उत्पादनकाे बजार भाउ वृद्धि हुन नसकेकाे र ब्याज खर्च समेत वृद्धि भएकाले कम्पनीले नाेक्सानी व्यहाेर्नु परेकाे केयर रेटिङले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ। घाटाकाे केही अ‌ंश संस्थापकहरूले थप पूँजी लगानी गरेर व्यहाेरेका छन् ।

स्टील पाइप, सटर, सटर पत्ती, सटर गाइट, सटर कान, सटर स्प्रिङ लगायतकाे वस्तु उत्पादन र बिक्री गर्दै आएकाे परवानीपुरमा अवस्थित याे उद्याेगकाे वार्षिक उत्पादन क्षमता ४९ हजार ८०० मेट्रिक टन रहेकाे छ।

एक अर्ब ५० कराेड रूपैयाँ बैंक कर्जाका लागी रेटिङ गराएकाेमा १ अर्ब ७ कराेड ५० लाख रुपैयाँकाे दीर्घकालीन कर्जाका लागी केयर एनपि एफाे र ४३ कराेड १९ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागी बी प्लस रेटिङ पाएकाे छ। केयर रेटिङका अनुसार यस्ताे रेटिङले दीर्घकालीन कर्जा समयमै चुक्ता गर्ने सन्दर्भमा उच्च सुरक्षित रहेकाे भएपनि अल्पकालीन कर्जाकाे दायीत्व पुरा गर्ने सन्दर्भमा उच्च जाेखिम कायम रहेकाे अवस्थालाई जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS