IME Life New

बाली बीमाकाे व्यवस्थापन नहुँदा विश्वव्यापीरुपमा खाद्यान्नकाे मूल्य वृद्धि जारीः स्वीस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । विश्वव्यापी पुनर्बीमक स्वीस रिइन्स्याेरेन्स बाली बीमाकाे अभावमा खाद्यान्न मूल्यमा पछिल्ला वर्षहरूमा  खाद्यान्न मूल्य मुद्रास्फीतिमा वृद्धि देखिएको छ। स्वीस रिका अनुसार आपूर्तीमा आएकाे गिरावटका कारण विगत दुई वर्षहरु सन् २०२१ र २०२२ मा क्रमशः  ४१ प्रतिशत र ३४ प्रतिशतले वृद्धि भएकाे थियाे ।

खाद्य आपूर्ति शृङ्खलामार्फत् मूल्य वृद्धि जारी रहेकाे उल्लेख गर्दै स्वीस रिले यसले विश्वव्यापीरुपमा उपभोक्तालाई असर गरिरहेको  टिप्पणी गरेकाे छ। यी चुनौतिको प्रतिकृयाकाे रूपमा, विज्ञहरूले बाली उत्पादनको लचिलोपनलाई बलियो बनाउन र बाली बीमा सुरक्षाकाे दायरा बिस्तार गर्न महत्वपूर्ण आवश्यकतामा जोड दिइरहेका छन्।

Esewa
Crest

एसआरआई क्रप इन्स्योरेन्स लचिलोपन सूचकांककाे हालैको प्रतिवेदनले बाली लचिलोपनमा विश्वव्यापी प्रगति भएता पनि, २०२२ मा करिब ६० प्रतिशत बीमायोग्य बालीहरू बीमाकाे सुरक्षा कवचभन्दा बाहिर रहे। यो संरक्षण अन्तर १ खर्ब १३ अर्ब अमेरिकी डलर बराबरकाे रहेकाे अनुमान गरिएको छ।  सूचकांकले बाली बीमा लचिलोपन र कृषिको लागि सरकारी समर्थन बीचको उल्लेखनीय सम्बन्धलाई जाेड दिएकाे छ।

बाली बीमा मूल्य अस्थिरता कम गर्न, किसानको आय स्थिर गर्न, मौसम-सम्बन्धित खतराहरू विरुद्ध लचिलोपन बढाउन, र कृषि वित्तमा पहुँच सहज बनाउन एक शक्तिशाली जोखिम व्यवस्थापन उपकरणको रूपमा उभिएको स्वीस रिकाे प्रतिवेदनमा उल्लेख छ। चीन र संयुक्त राज्य अमेरिका जस्ता प्रमुख खाद्य उत्पादकमा केन्द्रित अध्ययनले कृषि जोखिम व्यवस्थापनमा बाली बीमाको प्रभावकारिता देखाएको छ।

सरकारहरूले सक्रिय रूपमा कृषिलाई प्राेत्साहन दिएका र निजी क्षेत्रसँग साझेदारी गरेका देशमा बाली बीमा फस्टाएको छ। उदाहरणका लागि, चीन र ब्राजिलले बाली बीमा सुरक्षामा क्रमशः १६ प्रतिशत र ९ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेका छन्।

केही देशमा करिब ८० प्रतिशतसम्म बीमाशुल्क अनुदान सहित सार्वजनिक-निजी साझेदारी मार्फत निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

क्षेत्रीय रूपमा, उदीयमान एशियाले बाली लचिलोपनमा उल्लेखनीय प्रगति गरेको छ। सन् २०२२ मा २०२ आधार बिन्दुको वृद्धिमा ४७ प्रतिशत पुगेकाे थियाे। यो उपलब्धिलाई बलियो सरकारी समर्थन, बाली बीमा प्रदायकको विस्तार लगायतका कारणकाे संयोजनलाई यसकाे श्रेय दिइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS