काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । संस्थाको कम्पनी सचिवको पद सम्हाली रहेका संस्थाको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत विशाल उप्रेतीले असोज ५ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनाम स्वीकृत भएपछि कम्पनी सचिवको पदमा सोही संस्थाका प्रमुख रणनीति अधिकृत पौडेललाई आजकै मितिबाट लागु हुने गरी नियुक्ति गरेको जनाइएको छ ।


















