IME Life New

नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदनका आधारमा जीवन बीमा गर्ने प्रवृत्ती अझै राेकिएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदनका आधारमा बीमालेख प्रस्ताव स्वीकार्ने प्रवृत्ती अझैसम्म पनि नियन्त्रणमा आउन सकेकाे छैन । जीवन बीमकले नक्कली स्वास्थ्य प्रतिवेदनका आधारमा जाेखिमा‌ंकन (अण्डरराइटिङ) गर्दा बीमा दाबीका बेला ठूलाे विवाद हुने गरेकाे छ।

नक्कली स्वास्थ्य परिक्षणका आधारमा जथाभावी जाेखिमा‌ंकन भइरहेकाे गुनासाेपछि बीमा नियामक नेपाल बीमा प्राधिकरणले स्वास्थ्य विभाग र मन्त्रालयबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र बीमितकाे स्वास्थ्य परिक्षण गराउन र बीमालेख प्रस्ताव स्वीकार गर्न निर्देशन दिएकाे थियाे ।

Esewa
Crest

नक्कली प्रतिवेदन खडा गरेर अस्वस्थ्य र दीर्घराेगीलाई समेत पूर्ण स्वस्थ्य प्रमाणित गरेर ठूलाे रकमकाे जीवन बीमा गराउने र मृत्यु पछि दाबी गर्ने प्रवृत्ती डरलाग्दाे रुपमा बढ्दै गएकाे छ। यस्ताे प्रवृत्तीका कारण प्राधिकरणमा मुद्दाकाे चाङ बढ्ने र अर्काे तर्फ बीमककाे कार्यालयमा कर्मचारीहरुलाई हुलहुज्जत, हातपात गर्ने घटना पनि उल्लेख्यरूपमा देखा पर्न थालेकाे छ।

जीवन बीमा गराउन आउने प्रस्तावककाे स्वास्थ्य परिक्षणका लागी जीवन बीमकले स्वास्थ्य परिक्षण शुल्कवापत निश्चित रकम सम्बन्धित स्वास्थ्य स‌ंस्थालाई सिधै वा आफ्नाे शाखा,उपशाखा कार्यालयमार्फत् नगद भुक्तानी दिन्छ। वास्तविकरूपमा स्वास्थ्य परिक्षण गरेर प्रतिवेदन तयार पार्दा खर्चिलाे हुने भएकाले बीमककाे कर्मचारी र स्वास्थ्य संस्थाकाे व्यवस्थापनकाे मिलेमताेमा प्रस्तावककाे स्वास्थ्य परिक्षण नै नगरी प्रतिवेदन तयार पारेर बीमकलाई उपलब्ध गराउने प्रवृत्ती रहँदै आएकाे छ। यसरी परिक्षण नगर्दा प्राप्त हुने रकमबाट ६० प्रतिशत रकम सम्बन्धित ल्याबले र बाँकी रकम बीमककाे कर्मचारीले भागबण्डा लगाउने गरेका छन् ।

नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदनकाे प्रयाेग नियन्त्रण गर्नका लागि नेपाल बीमा प्राधिकरणले प्रत्येक जिल्लामा स्वास्थ्य स‌ंस्थाहरू सूचीकृत गरेर बीमकलाई उपलब्ध गराएकाे अवस्थामा नक्कली प्रतिवेदनकाे प्रयाेगलाई निरुत्साहन हुने थियाे । यसका लागि प्राधिकरणले स्वास्थ्य स‌ंस्थाकाे स्तर र बजारकाे आकारका आधारमा निश्चित रकम सुरक्षणवापत लिएकाे अवस्थामा ठगी गर्ने प्रवृत्तीमा पनि नियन्त्रण गर्न सकिने एकजना अनुभवी अभिकर्ताले सुझाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS