IME Life New

बीमा दाबीकाे दुई लाख रुपैयाँ बाँडफाँडमा दाजुभाइबीच विवाद, भाइकाे हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारतकाे उत्तर प्रदेशमा मृत्यु दाबीवापतकाे रकम बाँडफाँडकाे विषयमा दाजुभाइ बीच आपसी विवादमा भएकाे कुटपिटमा एकजनाकाे निधन भएकाे छ। तीनजना दाजु भाई बीच आमाकाे मृत्यु पछि जीवन बीमा कम्पनीबाट प्राप्त दुई लाख भारतीय रुपैयाँ(तीन लाख २० हजार रूपैयाँ) बाँडफाँडमा सहमति हुन नसकेपछि झडप भएकाे थियाे ।

उत्तर प्रदेशकाे उन्नाव गाउँमा भएकाे विवादले स्थानीय पश्चिम टोला क्षेत्रमा तीन दाजुभाइबीच झडपका क्रममा उनीहरूमध्ये कान्छाे भाइ ४५ वर्षिय राम आश्रयकाे मृत्यु भएकाे प्रहरीले शुक्रबार जनाएको छ। आमाको मृत्युपछि जेठो भाइले पाएको २ लाख भारुकाे बिमा रकमलाई लिएर बिहीबार तीन दाजुभाइबीच झगडा भएको थियाे ।

Esewa
Crest

मृतकका आफन्तले दिएको उजुरीका आधारमा अन्य दुई दाजुभाइविरुद्ध यहाँको पुर्वा प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पूर्वा सर्कल अफिसर दीपक सिंहले मृतकका परिवारका सदस्यलाई उद्धृत गर्दै शुक्रबार भने, नौ महिनाअघि ती यूवकका आमा रामरानीको सडक दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्युपछि जेठो छोरा राजबहादुरको बै‌ंक खातामा दुई लाख भारु बीमा दाबीकाे रकम केही दिनअघि नै जम्मा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS