काडमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर आरएनएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ४ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । आज कम्पनी र नेप्सेबीच शेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी( वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी ) समेत मा वितरण गरिएको १ करोड २० लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ८० लाख कित्ता अर्थात ७० प्रतिशत समेत गरी ४ करोड कित्ता सूचिकृत भएको हो । कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ ।
1694586338940