IME Life New

सानिमा रिलायन्स लाइफले धरानमा सम्पन्न गर्यो तीज क्वीन प्रतियोगिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धरान र पनबारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेका छन् । धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठले गरेका हुन् ।

उनले हिन्दु महिलाहरुको चाड तीजमा यस कम्पनीमा आबद्ध महिलाहरुलाई पनि मनोरञ्जन गराउने उदेश्यले कार्यक्रम गरिएको साथै उक्त कम्पनीले भर्खरै सुरुवात गरेको बार्षिक अभिकर्ता सेवा सुबिधा बिषयमा पनि प्रकाश पारे । जीवन बीमा ब्यबसायले महिलाहरुलाई आफनो खुट्टामा उभिन उत्प्रेरणा दिकीने बताउदै अझ शसक्त रुपमा लागि पर्न उत्प्रेरित गरे ।

Esewa
Crest

कार्यक्रमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको तीज क्वीनको ताज अभिकर्ता रजनी श्रेष्ठले जितेको छिन् भने फस्ट रनरअपमा उषा श्रेष्ठ र सेकेन्ड रनरअपमा बिजेता श्रेष्ठ भएकी हुन् ।

त्यस्तै, मोस्ट ब्युटीफुलमा आरती राई, मोस्ट ट्यालेन्ट मा सगुन्ताला तामाङ्ग, बेस्ट ड्रेसप मा रजनी श्रेष्ठ, मोस्ट हेल्पफुल मा बबिता कार्की र हाइएस्ट पोलेशी मेकरमा बुलु राई ले सफलता पाएको थिए।

कार्यक्रममा पनबारी शाखाको शाखा प्रमुख रुबिना श्रेष्ठ, लगायत ६० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्णयको भूमिका मा प्रमुख अथिति थिरलोचन श्रेष्ठ, गरिमा डान्स सेन्टरकी संचालक तथा अभिकर्ता सुमित्र राई (सन्जु) र मोटीभेस्नल स्पिकर तथा अभिकर्ता दिपेन्द्र निरौला रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS