IME Life New

नेपाल लाइफका ४ अभिकर्ताले एमडिआरटी ग्लोबल कन्फ्रेन्स सिंगापुरमा फहराए नेपालको झण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी म्यानेजरहरुले सिंगापुरमा आयोजित एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन् । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताउनु भयो र कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडिआरटी बन्न उत्प्रेरणा प्रदान गरि रहेको कुरा जानकारी गराए ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS