IME Life New

व्यापार वृद्धिदर सामान्य हुँदा जिडिपिमा बीमाशुल्ककाे अनुपात खुम्चियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । देशकाे अर्थतन्त्रमा आएकाे स‌ंकुचनसँगै कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदान समेत खुम्चिएकाे छ । आर्थिक गतिविधिमा शिथिलतासँगै बीमा कम्पनीहरुकाे बीमाशुल्क आम्दानी वृद्धिदर दाेहाेराे अ‌ंकबाट एकल अंकमा झर्दा कुल गार्हस्थ उत्पादनमा समेत याेगदान खुम्चिएकाे हाे।

गत आव २०७९/८० मा बीमा कम्पनीले कूल १ खर्ब ८२ अर्ब ९१ कराेड रुपैयाँ बीमाशुल्क आम्दानी गरेका थिए । कूल गार्हस्थ उत्पादनमा कूल बीमाशुल्ककाे अनुपात  गत आवमा ३.४० प्रतिशतमा सीमित रह्याे । अघिल्लाे आवमा यस्ताे अनुपात ३‍.६ प्रतिशत रहेकाे थियाे । अघिल्लाे आवमा जीवन र निर्जीवन बीमा कम्पनीले कूल १ खर्ब ७७ अर्ब ८१ कराेड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

Esewa
Crest

बीमा प्राधिकरणले कूल गार्हस्थ उत्पादनकाे तुलनामा कूल बीमाशुल्क आम्दानीकाे अनुपात तुलना गर्दै आएपनि बीमा उद्याेगका तर्फबाट कूल गार्हस्थ उत्पादनमा पुग्ने वास्तविक याेगदानकाे सम्बन्धमा अध्ययन गर्न सकेकाे छैन । निक्षेप सरह बीमाशुल्क स‌ंकलन भन्दा पनि बीमा कम्पनीले बीमा सेवा मार्फत् मूल्य अभिवृद्धिमा पुर्‍याएकाे याेगदानकाे  माैद्रिक विश्लेषणबाट मात्र बीमा क्षेत्रकाे वास्तविक याेगदान आ‌ंकलन गर्न संभव हुन्छ।

यसैगरी बीमा घनत्व अर्थात् प्रतिव्यक्ति औसत बीमाशुल्क खर्च वा लगानी १‍.९६ प्रतिशतकाे झिनाे अ‌ंकले वृद्धि भएकाे छ । प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले संकलन गरेकाे बीमाशुल्ककाे आधारमा गणना गर्दा नेपालमा प्रति व्यक्ति औसत बीमाशुल्क वापतकाे खर्च वा लगानी ६ हजार ८ रुपैयाँ २७ पैसा रहेकाे छ।

प्राधिकरणले कूल जनस‌ंख्याकाे तुलनामा गत आवसम्म बिक्री भएकाे बीमालेखकाे स‌ंख्या(वैदेशिक राेजगारी म्यादी बीमालेख बाहेक) तुलना गर्दा हालसम्म ३९ प्रतिशत जनसंख्या बीमाकाे दायरामा समेटिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS