IME Life New

प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले एक सुचना जारी गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको बताएको छ । अब ग्राहकको खाता भदौ २३ गते शनिबारदेखि १० अंक अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको छ।

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने जनाएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।

Crest

त्यस्तै, अन्य सबै निकायहरु जस्तैः स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैँले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ। यसैगरी बैंकको कोर बैंकिङ सिस्टम अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटीएम, मोबाइल बैंकिङलगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS