काठमाडाैं । एशियाली मुलुक ताइवानकाे वित्तीय पर्यवेक्षण आयोग (एफएससी) ले तीन घरेलु जीवन बीमा कम्पनीले पहिलो छ महिनाको वित्तीय विवरण सार्वजनिक गरेपछि उनीहरूको वित्तीय स्वास्थ्य प्रति चिन्ता व्यक्त गरेको छ।
द ताइपेई टाइम्सका अनुसार पर्यवेक्षण आयोगले शिन कङ लाइफ इन्स्योरेन्स, मर्करी लाइफ इन्स्योरेन्स र होन्टाई लाइफ इन्स्योरेन्सलाई जोखिममा आधारित पूँजी न्यूनत्तम २०० प्रतिशत भन्दा माथि राख्न असफल भएकोमा चेतावनी पत्र समेत पठाउने भएकाे छ।
शिन कङ लाइफ पहिलो परीक्षणमा असफल भएकाे थियाे । मर्करी लाइफ र होन्टाई लाइफ दुबै मापदण्ड पुरा गर्न असफल रहे । बीमा नियम अनुसार सबै जीवन बीमकले पछिल्लो दुई निरीक्षण अवधिमध्ये कम्तिमा एकमा ३ प्रतिशत भन्दा बढीको खुद सम्पत्ती ( नेट वर्थ) कायम गर्नु अनिवार्य छ।
आयाेगले वित्तीय स्वास्थ्यका लागि न्यूनत्तम मापदण्डहरु पूरा गर्न नसक्ने जीवन बीमकले पूँजी थप्ने र घर जग्गामा गरेकाे लगानी झिक्ने जस्ता सुधार योजनाहरू पेश गर्नुपर्ने जानकारी दिएकाे छ।