IME Life New

आर्थिक संकटले बंगलादेशमा निर्जीवन बीमककाे नाफामा उल्लेख्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बंगलादेशी निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा नाफामा समग्र गिरावटसँगै मिश्रित नतिजा देखाएका छन्। निरन्तर बृहत् आर्थिक चुनौतिहरू, बलियो अमेरिकी डलर, मुद्रास्फीति र शेयर बजारको लगानीबाट घट्दाे प्रतिफलले शेयर बजारमा सुचीकृत  ४३ वटा निर्जीवन बीमकमध्ये अधिका‌ंशकाे नाफा केही वर्षयता लगातार खस्किंदै गएकाे छ।

यी मध्ये २५ वटाकाे नाफा केही वर्षयता लगातार ओरालाे लाग्दै गएकाे छ। अन्य १७ निर्जीवन बीमककाे आम्दानी वृद्धि पनि मध्यमस्तरमा रहेकाे छ। स्थानीय अखबार द फाइनान्सियल एक्सप्रेसका अनुसार एकले जनवरी-जुन अवधिमा आफ्नो व्यापार स्थितिमा कुनै परिवर्तन अनुभव गरेन।

Esewa
Crest

यस वर्षको पहिलो छ म हिनामा यस क्षेत्रको संयुक्त नाफा ब‌ंगलादेशी रूपैयाँ अनुसार ३ अर्ब १२ कराेड रह्याे, सन् २०२२ को सोही अवधिमा निर्जीवन बीमकले ३ अर्ब ३५ कराेड नाफा आर्जन गरेका थिए । यी मध्ये अधिकांश कम्पनीले २०२१ को तुलनामा २०२२ मा नाफामा स‌ंकुचनकाे सामना गर्नुपरेको थियो।

बंगलादेशमा, निर्जीवन बीमा कम्पनीकाे काराेबारकाे ठूलाे हिस्सा अग्नि, यातायात र समुद्री बीमाले ओगटेकाे छ। अधिक जनघनत्व, असुरक्षित भवन निर्माण र कमजाेर विद्युत प्रशारण लाइनका कारण बंगलादेश अग्नीकाे जाेखिम उच्च भएकाे देश हाे ।

स्थानीय अखबारका अनुसार रुस-युक्रेन युद्धबाट उत्पन्न भएको डलर संकटका कारण प्रतित पत्र (एलसी) खोल्ने क्रम घट्दै गएपछि समुद्री बीमा व्यवसायबाट हुने बीमाशुल्क आम्दानी संकुचित भएको छ। यसबाहेक निर्यात व्यापारमा पनि गिरावट आएकाले मालवस्तुकाे बीमा घटेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS