IME Life New

पूँजी वृद्धिमा आक्रामक बन्दै नेपाल इन्स्योरेन्स, यस्तो छ १० वर्षको लाभांशको इतिहास ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पूँजीको लक्ष्य दिएपनि नेपाल इन्स्योरेन्स कम्पनीले आफुलाई अरुमा गाभिन अटेर गर्दै आफै पूँजी बृद्धि योजनामा जुटेको छ । कम्पनीले बृद्धि गरी आफु अब्बल कम्पनीको रुपमा स्थापित हुन खोजेको देखिन्छ । कम्पनीले प्रत्येक वर्ष लाभांशमा बोनश शेयरलाई नै प्राथमिकतामा राख्दै पूँजी वृद्धि गर्दै आएको छ।

केही स्थापित कम्पनीहरु धमाधम एक आपसमा गाभिएर एकिकृत कारोबार समेत गरिसक्दा नेपाल इन्स्योरेन्स कम्पनीले भने दिन प्रतिदिन पुँजी वृद्धि गरी ठुलो कम्पनीको रुपमा टिक्ने र आफ्नो नाम मेट्न नदिने दाउमा रहेको प्रस्ट देख्न सकिन्छ ।

Esewa
Crest

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४९ करोड रहेको छ । प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्नेछ । सोही अनुसार पूँजी पुर्याउनका लागि कम्पनीले ६७ प्रतिशत पूँजी जुटाउनुपर्ने देखिन्छ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको घर जग्गा बेचेर पुँजी पुर्याउने योजना बनाएको छ ।

कम्पनीको १० वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले कुल ९२ दशमलव ८ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश हेर्दा कुल ८५ दशमलव ३५ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने १३ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले नगद लाभांशभन्दा पनि बोनश शेयरमा जोड दिएको देखिएको छ ।

१० वर्षको अवधिमा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/ ६९ मा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले शेयरधनीहरुलाई २० प्रतिशत बोन शेयर वितरण गरेको थियो भने १ दशलमव ०५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६७ /६८ मा कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले ७ दशमलव ३७ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो भने नगद लाभांश वितरण गरेको थिएन् ।

कम्पनीले आर्थिक वर्ष २०७० /२०७१ मा कुल् ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले ९ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ० दशलमव ४७ प्रतिशत नगद लभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७२ /७३ मा कम्पनीले कुल ५ प्रतिशत मात्रे लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले नगद लाभांश नदिई बोनश शेयरमात्रै दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०७३/ ७४ मा कुल ४ दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो जसमा कम्पनीले बोनश शेयर मात्रै दिएको थियो । आर्थिक वर्ष २०७४/ ७५ मा कम्पनीले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले बोनश शेयर मात्रै दिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७५/ ७६ मा कम्पनीले कुल ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने २ दशलमव ८ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७६ /७७ मा कम्पनीले शेयरधनीलाई कुल् १० प्रतिशत लाभांश दिएको थियो । जसमध्ये कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७ /७८ मा कुल ११ दशमलव ५७८९ प्रतिशत लभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले ११ प्रतिशत बोन शेयर दिएको थियो भने ० दशमलव ५७८९ प्रतिशत बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७८ /७९ मा कम्पनीले शेयरधनीलाई कुल ८ दशलमव ४२११ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमध्ये कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ० दशमलव ४२११ प्रतिशत नगद लभांश वितरण गरेको थियो ।

कम्पनीले १० वर्षको अवधिमा आफ्ना शेयरधनीको हात खाली भने बनाएको छैन् । कम्पनीले थोरै भएता पनि लाभांश वितरण गरी खुशी नै बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को चौथो त्रैमाससम्ममा अधिकांश सूचकमा उत्साहजनक प्रगति गरेको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १९ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीको नाफा ९ प्रतिशतले बृद्धि गरी ४० करोडमाथि आर्जन गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा वि।स। २००४ सालमा स्थापित यस कम्पनीले बिगत ७७ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो बीमा कम्पनीको रुपमा बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS