IME Life New

कम्पनीहरुले क्लेम सेटलमेन्ट गरेर जोखिम वापतको दाबी समयमै दिनुपर्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले क्लेम सेटलमेन्ट गरेर जोखिम वापतको दाबी समयमा नै बीमितहरुलाई उपलब्ध गराउनुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । उनले आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको डिजिटल बीमा एपको समुद्धघाटन गर्दै यस्तो बताएका हुन् ।

कम्पनीहरुले दाबी भुक्तानी समयमानै तिर्ने हो भने बीमाप्रतिको जनचासो बृद्धि हुन्छ उनले भने, बीमा दाबी भुक्तानीमा प्राधिरकणले आज मात्रै हैन सधै कम्पनीहरुलाई घचघच्याइ रहेको छ । कम्पनीका सिइओहरुसँगको हरेक भेटमा दाबी भुक्तानीकै लागि जोड दिएका हुन्छौं । जुन बाटो कम्पनीहरुले समाउनुपर्ने हो त्यो बाटो छोड्दै गए भने कम्पनीहरुप्रति मानिसहरुको विश्वास गुम्छ ।

Esewa
Crest

बीमा गरेपछि जोखिम वा आपतविपतमा पैसा पाइन्छ भनेर बीमा गरेका हुन्छन् तर त्यही समयमा कम्पनीले बीमा दाबी नै नदिएपछि कसले गर्छ विश्वास उनले कम्पनीहरुलाई भने, ठुला पदाधिकरीहरुले पनि कसले गर्छ पैसा नपाउने बीमा भनेको मैले सुनेको छु । त्यो स्थिती आउन दिनुहुँदैन् । जोखिम र अनिश्चितताको बेलामा कम्पनीहरुले प्रतिक्रिया दिएर बीमितहरुको हितका लागि सोच्नुपर्छ तब मात्रै बीमा बजारले फड्को मार्छ ।

कम्पनीहरुको प्रत्येक क्लेममा शंका रहेको समेत उनले बताएका छन् । उनले कम्पनीहरुको पोलिसी जारीमा शका नहुने तर बीमा दाबी भुक्तानीको क्रममा शंका सिर्जना हुने बताएका हुन् ।

कम्पनीहरुले परेको क्लेममा कुनै पनि तरिकाबाट बीमितलाई दुख दिने, दाबी भुक्तानीमा ढिलाई गर्ने, अल्झाउने गर्नाले बीमा कम्पनीहरुप्रतिको जनविश्वास गुम्न पुगेको उनले बताएका छन् । बीमितहरुले कम्पनीमा जोखिम विक्री गरेका हुन् कम्पनीले जोखिम किनेको हो । त्यसकारण कम्पनीले पोलिसी किन्ने मात्रै हैन दाबी परेको बेलामा बीमितहरुलाई सहज रुपमा भुक्तानी दिन समेत उनले आग्रह गरे ।

गत वर्षको तुलनामा अहिले कम्पनीहरुको दाबी भुक्तानीको सेटलमेन्ट राम्रो देखिएको छ । जबसम्म कम्पनीहरुले आफ्नो प्रोडक्टलाई सस्तो बनाउन सक्दैनन् प्रोडक्टभित्र विभिन्न सुविधा दिन सकिदैन् तबसम्म मानिसहरुले बीमा गर्दैनन्, किन गर्ने बीमाभन्दा हामीसँग खोइ जवाफ ? बीमा कम्पनीहरुले डिजिटल माध्यममा लगानी गरेर बीमितहरुलाई सुविधा दिनुपर्छ बीमितहरुलाई झन्झट रहित सेवा दिनुपर्छ । सबै काम डिजिटल माध्यमबाट हुनेगरी अगाडी बढनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS