Connect IPS
IME Life

नेपालले अनलाइन तालिम भनिरहँदा बंगलादेशले किन गर्‍याे खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । बंगलादेशी बीमा नियामक आईडीआरएले जीवन तथा निर्जीवन बीमा कम्पनीलाई अनलाइन माध्यमबाट तालिम सञ्चालनमा राेक लगाएकाे छ । अनलाइन तालिमकाे आवरणमा तालिममा सहभागी नै नभएकाे व्यक्तिलाई समेत अभिकर्ता इजाजत पत्रका लागि बीमा कम्पनीले सिफारिश गर्न थालेपछि नियामकले तालिम सञ्चालनमै प्रतिबन्ध लगाएकाे हाे ।

बंगलादेशमा बीमामा पहुँच बिस्तारका लागि अभिकर्ताकाे संख्या बढाउन अनलाइन तालिम सम्बन्धी प्रावधान २०२० देखि लागू भएकाेमा अनलाइन तालिमले विकृती ल्याएकाे निष्कर्ष सहित नियामकले रद्ध गरेकाे हाे । नेपालमा केही जीवन बीमकले अनलाइन सफ्टवेयर तयार पार्दै भाैतिक उपस्थितिबिना नै इलर्निङ प्लेट फर्ममार्फत् तालिमकाे लागी आवेदन दिने, सहभागीता जनाउने, परिक्षामा सहभागी हुने र तालिम प्रमाण पत्र प्राप्त गर्ने विधिकाे प्रयाेगमा ल्याउँदैछन् । नेपाल बीमा प्राधिकरणले समेत अभिकर्ता इजाजत पत्रका लागी अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेकाे छ।

Prabhu
Crest

बीमा अभिकर्ताका लागि अनिवार्य तालिम कार्यक्रम सञ्चालनमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न ब‌ंगलादेशी नियामकले ५ बुँदे निर्देशिका जारी गरेको छ । प्राधिकरणका अधिकृत तालिमी संस्थाहरूले बीमा अभिकर्ताका लागि अनिवार्य तालिम कार्यक्रम सञ्चालन गर्दा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न देहायका निर्देशनहरू पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

निर्देशनहरूमा समावेश गरिएका बुँदाहरूः

तालिम पाठ्यक्रमकाे शीर्षक, अवधि र तालिमको तालिका, स्थान, प्रशिक्षार्थीको संख्या र मूल्याङ्कन विधि प्रशिक्षण सुरु हुनुभन्दा कम्तिमा ७ दिन अघि पूर्व स्वीकृतिको लागि बीमा विकास र नियामक प्राधिकरणमा पठाउनु पर्नेछ;

पूर्व स्वीकृति बिना सञ्चालन गरिएकाे प्रशिक्षण कार्यक्रमलाई शून्य मानिनेछ;

योग्य प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गर्नुपर्नेछ र प्रशिक्षककाे सूची तयार पार्नुपर्नेछ;

अभिकर्ता प्रशिक्षण कार्यक्रमहरू अनलाइन सञ्चालन गर्न पाइनेछैन। अनलाइन अभिकर्ता तालिम सम्बन्धी प्राधिकरणको मिति २२ सेप्टेम्बर २०२० को परिपत्र रद्ध गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS