IME Life New

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले साढे ७ लाख कित्ता संस्थापक शेयर आज भदौ ५ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

यस शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ। अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडों लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ। उक्त बोलपत्र भदौ १९ गतेसम्म पेश गर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS