IME Life New

भारतमा भारु पाँच लाखभन्दा बढी बीमाशुल्क भुक्तानी गरिने बीमालेखमा आयकर लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं ।भारतीय आयकर विभागको केन्द्रीय प्रत्यक्ष कर बोर्डले बोनश सहित जीवन बीमालेख अन्तर्गत प्राप्त कुनै पनि प्रतिफलमा लाभ कर सम्बन्धी नयाँ प्रावधान जारी गरेको छ। १ अप्रिल २०२३ मा वा पछि जारी गरिएका जीवन बीमालेखकाे हकमा नयाँ प्रावधान लागू हुनेछ।

कर बाेर्डद्वारा जारी गरिएको परिपत्रमा आयकर ऐनमा रहेकाे बीमालेखकाे प्रतिफलमा आयकर सम्बन्धी प्रावाधनलाई व्याख्या गरेर यस वर्षको सुरुमा लागू गरिएका प्रावधानकाे कार्यान्वयनमा देखिएका अन्याैलतालाई हटाइएकाे छ।

Esewa
Crest

बीमालेखबाट प्राप्त लाभलाई आयकर ऐन अन्तर्गत छुट दिइदै आएकाेमा यस वर्षको केन्द्रीय बजेटमा भारु ५ लाख(आठ लाख रुपैयाँ)  भन्दा बढि वार्षिक बीमाशुल्क भुक्तानी गरिएका बीमालेखकाे हकमा आयकर छुटकाे प्रावधान खारेज गरिदिएकाे थियाे ।

क) एकल जीवन बीमालेखको लागि:एकल जीवन बीमालेखबाट प्राप्त पैसा बीमा अवधिमा अघिल्लो वर्षमा भुक्तानी गरिएको बीमाशुल्क भारु पाँच लाखभन्दा बढी भएमा आय कर लाग्ने छ।
ख) बहु जीवन बीमालेखका लागि:  यदि एक भन्दा बढी जीवन बीमालेखहरूकाे लागी भुक्तानी गरिएकाे कूल वार्षिक बीमाशुल्क रकम भारू पाँच लाखभन्दा बढी छ भने जीवन बीमालेखबाट प्राप्त रकममा कर लाग्ने छ।

१ अप्रिल २०२३ वा त्यस पछि जारी गरिएको एकाइ-लिंक्ड बीमालेख बाहेक भारू पाँच लाभभन्दा बढी बीमाशुल्क भुक्तानी गरिने जीवन बीमालेख अन्तर्गत प्राप्त भुक्तानी रकममा कर छुट दिइनेछैन ।

बाेर्डले वस्तु तथा सेवा करलाई पनि स्पष्ट पारेको छ, कुनै पनि अघिल्लो वर्षको लागि १ अप्रिल २०२३ वा पछि जारी गरिएको जीवन बीमालेखको लागि भुक्तानी योग्य बीमाशुल्क वा कूल बीमाशुल्क वस्तु तथा सेवा करको रकम बाहेक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS