IME Life New

घाेराही सिमेन्टकाे रेटिङ गरेकाे केयर रेटिङले कानून विपरित रेटिङ हटायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । लगानीकर्ताकाे निहित स्वार्थपूर्तीका लागी घाेराही सिमेण्टको वित्तीय विश्लेषण गरेकाे केयर रेटिङ्गसले कानून विपरित रेटिङ्ग रद्ध गरेकाे छ। केयर रेटिङकाे मुख्य लगानीकर्ता विशाल समूहकाे ठूलाे लगानी रहेकाे घाेराही सिमेण्टकाे रेटिङ मा स्वार्थ बाझिने गरी प्रवेश गरेकाे केयर रेटिङ्गसले शेयर बिक्री कार्य सम्पन्न भएपछि रेटिङ फिर्ता लिएकाे हाे ।

क्रेडिट रेटिङ नियमावलीको नियम २३ को उपनियम (२) मा रेटिङ गरिएको धितोपत्रको निष्काशनकर्ता कम्पनी खारेज भएको अवस्थामा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहँदासम्म रेटिङ फिर्ता लिन नपाउने प्रावधान छ। यस्ताे प्रावधानकाे विपरित केयर रेटिङले धिताेपत्र निष्काशनकर्ता कम्पनीकाे अनुराेधमा रेटिङ फिर्ता लिएकाे उल्लेख गरेकाे छ। धिताेपत्र निष्काशनकर्ता कम्पनीकाे आग्रहमा समेत रेटिङ फिर्ता लिन पाउने अधिकार रेटिङ एजेन्सीलाई क्रेडिट रेटिङ नियमावलीले प्रदान गरेकाे छैन ।

Esewa
Crest

केयर रेटिङ्सले स्वार्थ बाझिने गरी क्रेडिट रेटिङ नियमावलीकाे प्रावधानकाे उल‍ंघन गर्दै आफ्नाे मुख्य लगानीकर्ता विशाल समूहकै लगानी रहेकाे विभिन्न कम्पनीका लागी बै‌ंक कर्जा प्रयाेजनका लागी रेटिङ गरेकाे थियाे । घाेराही सिमेन्टकाे रेटिङकाे विषयमा धिताेपत्र बाेर्ड नेपालले अनुसन्धान थालेपछि धमाधम यस्ताे रेटिङ फिर्ता लिए पनि कानूनी कारवाहीबाट जाेगिन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

20%
sad

दु :खी

22%
amazed

अचम्मित

10%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS