IME Life New

८१ वटा बीमक रहेकाे बंगलादेशमा अर्काे कम्पनी पनि थपिंदै, बेथिती झनै बढ्ने चिन्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । कमजाेर नियमनका कारण व्यापक आर्थिक अनियमितताबाट ग्रसित बंगलादेशी बीमा उद्याेगमा थप एउटा बीमा कम्पनी सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ। बंगलादेशमा अहिले नै ३५ वटा जीवन बीमा कम्पनीसहित कूल ८१ वटा बीमा कम्पनी सञ्चालनमा छन् ।

सरकारले सबै निजामती कर्मचारीलाई बीमा सुरक्षा प्रदान गर्ने स्वतन्त्र बीमा कम्पनी स्थापनाकाे प्रस्तावलाई अनुमोदन गरेको छ। द बिजनेस स्ट्यान्डर्डका अनुसार सार्वजनिक प्रशासन मन्त्रालयले गठन गर्ने कम्पनी बंगलादेश कर्मचारी कल्याण बोर्ड अन्तर्गत हुनेछ ।  नयाँ बीमा कम्पनी स्थापना गर्न अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखाबाट पनि स्वीकृति लिनुपर्ने हुन्छ । सार्वजनिक कर्मचारीका लागि समर्पित बीमा कम्पनी गठनको प्रस्ताव विगत केही वर्षदेखि नै बोर्डमा रहेको छ ।

Esewa
Crest

बंगलादेशमा सरकारी स्वामित्वकाे दुईवटा बीमा कम्पनीहरू छन्- जीवन बीमा कर्पोरेशन र साधारण बीमा निगम पहिले देखि नै सञ्चालनमा छन्  । निजामती कर्मचारीकाे बीमा यी दुबै बीमकबाट गर्नुकाे साटाे थप बीमा कम्पनी सञ्चालनमा ल्याउनुले विकृती मात्रै भित्र्याउने टिप्पणी हुन थालेकाे छ। ८१ वटा बीमा कम्पनी सञ्चालनमा रहे पनि कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदा १ प्रतिशतभन्दा पनि न्यून छ।

बंगलादेशमा बीमा क्षेत्रका व्याप्त अनियमितताका कारण सीमित बाहेक अधिकांश जीवन बीमा कम्पनीले बीमितलाई समयमै दाबी रकम भुक्तानी गर्न सक्ने क्षमतामा छैनन् । बीमितबाट स‌ंकलित बीमा काेषकाे रकम झिकेर कम्पनीकाे उच्च व्यवस्थापन र सञ्चालकहरुले निजी स्वार्थकाे क्षेत्र र उच्च जाेखिमयुक्त परियाेजनामा लगानी गरेकाले बढ्दाे घाटासँगै बीमाकाेषकाे आकार पनि खुम्चि‌ंदै गएकाे छ।

बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरएआइ) ले न्यून जनशक्ति, सीमित श्राेत र प्रविधिकाे भरमा प्रभावकारी नियमन गर्न सकेकाे छैन । अर्काेतर्फ बीमा काेषकाे रकम दुरूपयाेग भइरहँदा पनि बीमा नियामक मुकदर्शक बन्ने गरेकाे आराेप समेत लाग्दै आएकाे छ। हालै मात्र जीवन बीमा कम्पनी हाेम ल्याण्ड इन्स्याेरेन्सका सञ्चालकले १ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयाेग गरेकाे सार्वजनिक भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS