IME Life New

सञ्चालकले नै जीवन बीमा काेषकाे १ अर्ब रूपैयाँ डुबाएपछि अख्तियारले थाल्याे अनुसन्धान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होमल्याण्ड लाइफ इन्स्योरेन्स  कम्पनीको सञ्चालकहरुले बीमा काेषकाे रकम दुरुपयाेग गरेकाे विषयमा अनुसन्धान शुरु गरेकाे छ । १ अर्ब ४ कराेड ब‌ंगलादेशी टाका दुरूपयाेग गरेकाे उजुरीका आधारमा आयाेगले बिमा कम्पनीका सञ्चालकसँग उनीहरुकाे राहदानी प्रतिसहित १० प्रकारका जानकारी मागेको छ।

इन्स्याेरेन्स न्यूज ब‌ंगलादेशका अनुसार बिहीबार आयोगका उपनिर्देशक तथा अनुसन्धान अधिकृत डा. यासिर अराफातले हस्ताक्षर गरेको पत्रमार्फत्  सक्कली प्रतिलिपि सुरक्षित गरी आगामी १० दिनभित्र आयोगका सम्बन्धित अधिकृतलाई प्रमाणित प्रतिलिपि पठाउन भनिएको छ।

Esewa
Crest

गत फेब्रुअरी ६ मा इन्स्योरेन्स न्यूज बीडीले ‘होमल्याण्ड लाइफमा कसरी बीमितकाे १०४ करोड रुपैयाँ लुटियो’ भन्ने शीर्षकको खोजमूलक समाचार प्रकाशित गरेको थियो ।  सञ्चारमाध्यममा प्रकाशित यी प्रतिवेदनलाई संलग्न गराउँदै होमल्याण्ड लाइफकी रहिमा अख्तर नामकी ग्राहकले मार्च ५ मा उच्च अदालतको सम्बन्धित शाखामा रिट दायर गरेकी हुन् । रिट निवेदनमा बीमितको १०४ करोड रुपैयाँ अनियमितता गरिएकाे प्रकरणमा न्यायीक अनुसन्धान र आवश्यक कारवाही गर्न माग गरिएको छ ।

मुद्दाका सम्बन्धमा उच्च अदालतका  न्यायाधीश न्यायाधीश नजरुल इस्लाम तालुकदार र न्यायाधीश खिजिर हयातको इजलासमा सुनुवाइ भएको थियो  । सुनुवाइपछि अदालतले बीमा विकास तथा नियन्त्रण प्राधिकरणका अध्यक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्षलाई होमल्याण्ड लाइफको एक करोड ४६ लाख ३८ हजार ६७८ रुपैयाँ दुरूपयाेग गरेको आरोपमा छानबिन गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न अदालतले गत मार्च २९ तारेखमा आदेश दिएको थियाे । यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होमल्याण्ड लाइफ इन्स्योरेन्स कम्पनीमा ग्राहकले जम्मा गरेको १०४ करोड रुपैयाँ हिनामिना गरेको विषयमा छानबिन सुरु गरेको छ ।

आयाेगले बीमा दाबीहरूको सूची, बीमा दाबीहरू भुक्तान गरिएका र भुक्तान नगरिएका बीमा दाबीहरू (बीमा भुक्तान नगरिएका कारणहरू सहित) कम्पनीको पैसा र सम्पत्ति दुरुपयोग सम्बन्धमा हालसम्म दायर भएका सबै मुद्दाहरूको विस्तृत प्रतिवेदन; भुक्तान नगरिएको बीमा दाबीहरू वासलातमा दायित्वको रूपमा देखाइएको छ छैन, कम्पनीको स्थापनादेखि अहिलेसम्मको जीवन बीमा काेषकाे विवरण; कोषको रकम जम्मा गरिएकाे बैंक खाता विवरण लगायतकाे जानकारीहरू माग गरेकाे छ।

हाेमल्याण्डका सञ्चालकहरुले आवासीय परियाेजनामा लगानी गर्ने भन्दै बीमा काेषकाे रकम झिकेर जग्गा खरिद गर्ने भन्दै कागजमा मात्र सीमित जग्गा खरिद गरेकाे र कागजमै सीमित रहेकाे जग्गामा माटाे पुरेर जमिन सम्याउनका लागी कराेडाै‌ं रूपैयाँ बराबरकाे माटाे खरिद गरेकाे विषय आमसञ्चार माध्यमले प्रकाशमा ल्याएका थिए । हाेम ल्याण्डमा गैर आवासीय ब‌ंगलादेशीहरूकाे लगानी रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS