Connect IPS
IME Life

हिमालयन ब्रोकरेजको शेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन ब्रोकरेजमार्फत हुने शेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ। यसका साथै हिमालयन ब्रोकरेजको मेरो शेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवामार्फत नै भुक्तानी गर्न सकिनेछ । यस सम्न्धी सम्झौता भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र हिमालयन ब्रोकरेजका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

यस सम्झौताले लगानीकर्तालाई हिमालयन ब्रोकरेज (ब्रोकर नम्बर ६३) बाट गरेको शेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले इसेवाबाट सेवा लिइरहेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS