IME Life New

हिमालयन ब्रोकरेजको शेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन ब्रोकरेजमार्फत हुने शेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ। यसका साथै हिमालयन ब्रोकरेजको मेरो शेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवामार्फत नै भुक्तानी गर्न सकिनेछ । यस सम्न्धी सम्झौता भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र हिमालयन ब्रोकरेजका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यस सम्झौताले लगानीकर्तालाई हिमालयन ब्रोकरेज (ब्रोकर नम्बर ६३) बाट गरेको शेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले इसेवाबाट सेवा लिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS