IME Life New

गण्डकी प्रदेशमा बैंककाे निक्षेप रू.४ खर्ब हुँदा कर्जा लगानी रू. ३ खर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । बाग्मती प्रदेश बाहिरका प्रदेशहरूमध्ये समृद्ध प्रदेश मानिने गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब रूपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेकाे तथ्यांक अनुसार प्रदेशकाे उद्याेग,व्यापार तथा सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९।८० काे चैत्र मसान्तसम्ममा कूल ३ खर्ब ५१ अर्ब ९२ कराेड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार लगानी गरिएकाे कर्जामध्ये कर्जा उपभाेगमा गण्डकी प्रदेशले ७‍.२५ प्रतिशत हिस्सा ओगटेकाे छ। यसैगरी कूल २८ अर्ब २८ कराेड रूपैयाँ सहुलियतपूर्ण कर्जाकाे रकम रहेकाे छ। बैंक वित्तीय संस्थाले देशभर उपलब्ध गराएका सहुलियतपूर्ण कर्जाकाे  प्रतिशत हिस्सा १३.७९ प्रतिशत हिस्सा गण्डकी प्रदेशले उपभाेग गरेकाे छ।

Esewa
Crest

गण्डकी प्रदेशबाट बै‌ंक तथा वित्तीय संस्थाले कूल ४ खर्ब ३९ अर्ब ७० कराेड रूपैयाँ निक्षेप संकलन गरेका छन् । याे संकलनमा सहकारीहरूले संकलन गरेकाे रकम समावेश गरिएकाे छैन । बैंक तथा वित्तीय संस्थाले देशभर संकलन गरेकाे निक्षेप मध्ये गत आवकाे चैत्र मसान्तसम्ममा गण्डकी प्रदेशकाे याेगदान ८ प्रतिशत हाराहारी रहेकाे थियाे ।

द‍ेशभरकाे तथ्या‌ंककाे आधारमा माेबाइल बै‌ंकिङ सेवा प्रयाेगकर्ता ११.३६ प्रतिशत, इन्टरनेट बैंकिङ सेवा प्रयाेगकर्ता ११‍.०२ प्रतिशत गण्डकी प्रदेशकै रहेका छन् । यसबाहेक गण्डकी प्रदेशका बचतकर्ताले ११ लाख ३८ हजार डेबिट एटिएम कार्ड र १७ हजार २३५ जनाले क्रेडिट कार्ड सुविधा लिएका छन् ।

गण्डकी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाकाे प्रधान कार्यालय र शाखा कार्यालय सञ्जालले देशभरकाे बैंक तथा वित्तीय संस्थाकाे सञ्जालमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS