काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। बोर्डले आज धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालहीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने जनाएको छ । धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागु गरिनेछ । हरित वण्ड लगायतका नवीन वित्तीय औजार निकाशन गर्न सक्ने गरी आवश्यक नीति तथा नियम निर्देशिका संशोधन तथा तर्जुमा गरिने जनाएको छ ।
त्यस्तै, साना तथा मझौता कम्पनीको त्रितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइने जनाएको छ । बोर्डका काम कारवाहीहरुलाई सहज बनाउनका लागि आवश्यक कार्यविधि तर्जुमा गरी लागु गरिने जनाएको छ ।
PQ1Mw4f1285TXsEQjzYKJQ4pyHcnUZPTJOAH5kRG (1)