IME Life New

सूर्यज्योति लाइफको आयोजनामा लागू औषध दुव्यर्सन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इलाम । सूर्यज्योति लाइफ इन्स्योरेन्स इलाम शाखाको आयोजना तथा इलाम नगरपालिकाको व्यवस्थापनमा लागू औषध दुव्यर्सन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्ला समन्वय समितिको सभा कक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख भिम पौडेलको प्रमुख सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका नगर प्रमुख केदार थापा विशिष्ट अतिथि हरु जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्ष्क बिपिन बिस्वकर्मा,आदर्श बहुउद्देश्यीय सहकारि सस्था प्रतिनिधि याम प्रधान, डा.रामकृष्ण आचार्य साथै अन्य विभिन्न खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्दै आएका प्रतिष्ठित व्यक्तिहरु सूर्यज्योति लाइफ इन्स्योरेन्स इलामका कर्मचारी ,एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै बरिष्ट कराते प्रशिक्षक योगेस चामलिंगले लागू औषध दुव्यर्सन भनेको के हो ? यसलाई न्यूनीकरण गर्न के के गर्नुपर्छ भन्ने कुरामा जानकारी दिएका थिए । त्यस्तै, डा.रामकृष्ण आचार्यले लागू औषध भन्नाले के के पर्दछन् र तिनीहरु प्रति यूवा युवतीहरु कसरी लाग्छन्र जोगिने उपायका बारेमा सचेतना गराएका थिए ।

कार्यक्रममा प्रहरी निरिक्ष्क बिपिन बिस्वकर्माले लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? लगायत बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै इलाम नगर प्रमुख केदार थापाले लागू औषध दुव्यर्सनको आकर्षणमा चुरोट, खैनी, मदिरा सेवन प्रमुख कारण हो ? यसको न्यूनीकरण को लागि नगरपालिका ले काम गरिरहेको र भबिस्यमा अझ बृहत रुप मा काम गर्ने बतए । साथै लागू औषध दुव्यर्सन मा नलाग्न उपस्थित सम्पूर्ण खेलाडी,तथा प्रशिक्षक लाइ आग्रह समेत गरे ।

कार्यक्रमको सञ्चालन सूर्यज्योति लाइफ इन्स्योरेन्स इलामका एजेन्सी मेनेजर अर्जुन पौडेलले गरेका थिए । कार्यक्रम मा इलाम जिल्लाको १३औं राष्ट्रपति रनिङ शिल्डमा उसु खेल तर्फ राष्ट्रिय प्रतियोगितामा पदक बिजेता उत्कृस्ट खेलाडी गोल्ड मेडल इक्स्वा लंगुवा लाइ सूर्यज्योति लाइफ इन्स्योरेन्स इलाम शाखाको तर्फ बाट मायाको चिनो र नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

शाखा प्रमुख भिम पौडेलले लागू औषध दुव्यर्सनको आकर्षणमा चुरोट, खैनी, मदिरा सेवन प्रमुख कारण हो त्यसैले जन्मोत्सव, बिवाह जस्ता कार्यक्रममा जाँदा यी कुराबाट जोगिन सके यसबाट सबै जोगिन सकिन्छ भन्ने बताए । उनले उक्त कार्यक्रममा विशेष सहयोग गर्ने जिल्ला प्रहरी कर्यालय इलाम,आदर्श बहुउद्देश्यीय सहकारी संस्था ,नगर खेलकुद बिकास समिति लगायत उपस्थित सम्पूर्ण मा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS