Connect IPS
IME Life

५ वटा कम्पनीको १४ करोड ६६ लाख कित्ता हकप्रद शेयर आउँदै, कसको कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट पाँच कम्पनीले कुल १४ करोड ६६ लाख ११७ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि अनुमति पाएका छन् । बोर्डबाट हकप्रद शेयर निष्काशनका लागि अपर तामाकोशी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सले अनुमति पाएका हुन् ।

यी कम्पनीमध्ये अपि पावर ,अरुण काबेली, सिनर्जी पावर र मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन तथा प्रयोजनको लागि बुक क्लोज मिति तय गरिसकेका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भने हकप्रद शेयर निष्काशन तथा बुक क्लोजको मिति तय गरेको छैन् ।

Prabhu
Crest

अरुण कावेली पावर
अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न असार १३ गते बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि असार २५ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीले कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा बढी पुग्नेछ ।

अपि पावर कम्पनी
अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट असार ६ गते अनुमति पाएको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असार २२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार २१ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।

सिनर्जी पावर
सिनर्जी पावरले हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असार २० गते अनुमति दिएको हो। अब कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।

मल्टीपर्पस फाइनान्स
मल्टीपर्पस फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डबाट असार २६ गते अनुमति पाएको हो । कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले यस अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएसँगै साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख छ । ३५ प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी ६१ करोडभन्दा बढी पुग्नेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अपर तामाकोशी हाइड्रोपावर
नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद निष्काशनका लागि असार २२ गते अनुमति प्रदान गरेको हो । कम्पनीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोडरुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। तर निष्काशनको मिति भने तय गरेको छैन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरिसकेको छ । हकप्रद बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई सह विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रद शेयरमा आवेदकले साउन १८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा १९ हजार ९७३ जनाले ३१ करोड ८७ लाख १९३ कित्ताका लागि आवेदन दिएका छन् ।

के हो हकप्रद शेयर ?
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरधनीको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरधनीहरु स्वतन्त्र हुन्छन् । सबै शेयर बिक्री नभएमा कम्पनीले बाँकी रहेको शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने व्यवस्था छ । विद्यमान शेयरधनीले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS