Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गर्यो सर्कुलर, यस्ता छन् नयाँ ब्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०७९ संशोधनका लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएको व्यवस्था कार्यान्वयनको लागि आज साउन १२ गते सर्कुलर जारी गरेको हो ।

जसमा राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जा, अटो लोन, प्यान नम्बर, आवसीय कर्जा लगायतका बारेमा गरेको नयाँ ब्यवस्थालाई स्पष्ट रुपमा जानकारी दिएको छ । जस अनुसार अब ५० लाख भन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार लागु हुनेछ । यस अघि २५ लाखभन्दा बढीको शेयर धितोकर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख भन्दा बढीको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरिएको हो ।

Prabhu
Crest

त्यस्तै ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । यस अघि २५ लाख सम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएकोमा त्यसलाई बढाएर ५० लाख पुर्याएको हो ।

त्यस्तै, पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुर्याइएको छ । यस अधि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख थियो । जसमा पहिलो आवासीय घर कर्जा १ करोड ५० लाखको सीमामा लोन टु भ्यालु रेसियो ७० प्रतिशत कायम थियो भने अब पहिलो आवासीय घर कर्जाको सीमा २ करोडमा लोन टु भ्यालु रेसियो ७० प्रतिशत कायम गरेको छ ।

बैंकहरुले आधारदर भन्दा कम ब्याजमा  ऋण दिन पाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल सरकाररप्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पचिालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न सक्ने छन् । तर यसमा शर्त तोकिएको छ ।

अब २५ लाखभन्दा कम रकमको कर्जा प्रवाह गर्नु परेमा पनि अनिवार्य प्यान नम्बर लिएको हुनुपर्नेछ । पहिला यसको सिमा ५० लाखमा मात्रै प्यान अनिवार्य थियो ।

Circular-1-2080-2081

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

4%

दु :खी

38%

अचम्मित

10%

उत्साहित

19%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS