IME Life New

नागरिक लगानी काेषकाे हिसाबकिताबमा कराेडाैंकाे हेराफेरी, काेर सफ्टवेयर नै शंकास्पद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । महालेखा परिक्षककाे कार्यालयले नागरिक लगानी काेषकाे हिसाबकिताबमा दर्जनाैं आर्थिक अनियमितता र घाेटाला औंल्याएकाे छ। काेषकाे आर्थक वर्ष २०७८।७९ काे लेखा परिक्षणका क्रममा फेला परेकाे गम्भीर आर्थिक त्रुटीहरु तत्काल सच्याउनका लागी महालेखा परिक्षककाे कार्यालयले सुझाव समेत दिएकाे छ।

काेषकाे २८ औं वार्षिक प्रतिवेदनमा समावेश गरिएकाे महालेखा परिक्षककाे टिप्पणीमा काेषले काेष व्यवस्थापनका लागी प्रयाेगमा ल्याएकाे काेर सफ्टवेयर नै विश्वसनीय तथ्यांक दिन नसकेकाे उल्लेख गरेकाे छ। काेषले भुक्तानी गरेकाे वास्तविक भुक्तानी रकमभन्दा अधिक रकम काेषकाे एनएलके वेब बेस्ड सफ्टवेयरले देखाएकाे विषयलाई महालेखा परिक्षकले उदाहरण सहित प्रतिवेदनमा उल्लेख गरेकाे छ।(हेर्नुहाेस् पेज नं.८)

Esewa
Crest

यसबाहेक बैंकसँगकाे निक्षेप काराेबारमा काेषले राखेकाे हिसाबकिताबभन्दा बैंकले उपलब्ध गराएकाे हिसाबकिताबमा कराेड रूपैयाँभन्दा बढीकाे अन्तर देखिएकाे छ। बैंकले दिने विवरणमा पटक पटक ठूलाे अन्तर देखिए पनि काेषले हिसाब मिलान नगरी ढाकछाेप गर्दै आएकाे छ।

काेषले कर्मचारीकाे बीमावापत राष्ट्रिय बीमा स‌ंस्थानसँग गर्ने हिसाब किताबमा यस पटककाे प्रतिवेदनमा पनि महालेखा परिक्षकले व्यापक कैफियत औंल्याएकाे छ।

याेगदानकर्तासँग असुली गर्ने ब्याजकाे गणनामा समेत काेषले सफ्टवेयरमार्फत् घाेटाला गरिरहेकाे छ। महालेखा परिक्षकका अनुसार याेगदानकर्तालाई दिइने कर्जामा अर्द्धवार्षिक अवधिमै ब्याज भुक्तानी गरेमा ब्याज दरमा ०‍.५ प्रतिशत छुट दिने व्यवस्था भए पनि काेषकाे सफ्टवेयरले याेगदानकर्तासँग पुरै रकम असुली गरिरहेकाे छ।

यसबाहेक काेषमा व्यक्तिगत याेगदानकर्ताकाे ५ लाख रूपैयाँभन्दा बढी रकम जम्मा भएकाे अवस्थामा ५ लाखभन्दा बढी हुन जाने रकममा आयकर ऐन २०५२ अनुसार ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था भएकाेमा याेगदानकर्तालाई काेषकाे रकम भुक्तानी दिई पुनः साेही याेगदानकर्ताकाे खातामा याेगदानवापतकाे रकम जम्मा गर्न लगाएर करछलीमा काेषका कर्मचारीले सघाई रहेकाे समेत महालेखा परिक्षककाे प्रतिवेदनबाट खुल्न आउँछ। अवकाश काेषाकाे रकम कर्मचारीकाे अवकाश लिएकाे अवस्थामा मात्र भुक्तानी दिने व्यवस्था भएपनि काेषले अनियमितता गरेर अग्रिमरुपमै भुक्तानी गरिरहेकाे छ।

Citizen Investment Trust Financial Audit Report FY 7879

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS