काठमाडौं । आर्थिक वर्ष ७९/८० मा नेपालको दोश्रो बजार कारोबार मापक नेप्से परिसूचक ४ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ को अन्तिम कारोबार दिन २००९ दशमलव ४६ विन्दुमा बन्द भएको नेप्से परिसूचक आर्थिक वर्ष ७९/८० को अन्तिम कारोबार दिन २०९७ दशमलव ०९ मा बन्द भएको छ। एक वर्षको फरकमा परिसूचक ८७ दशमलव ६३ अंकले वृद्धि भएको छ ।
यो वर्ष सबै समूहका लगानीकर्तालाई बजारलाई एकै प्रतिफल दिएन । होटल तथा पर्यटन समूहमा यो वर्ष ठुलै बुल आएको देखिन्छ । यो वर्ष होटल तथा पर्यटन समूहमा ११९ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २६४० दशमलव ६० मा बन्द भएको सो समूहको परिसुचक यो आर्थिक वर्ष ५७९७ दशमलव ४७ विन्दुमा बन्द भएको छ । त्यस्तै दोश्रोमा निर्जीवन बीमा समूहको परिसुचक ४१ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ।
१३ समुहगत परिसूचकमध्ये दुई समूहको परिसूचक भने यो वर्ष घटेको छ । लघुवित्त र वाणिज्य बैंकहरुको उपसुचक यो वर्ष घटेको छ । लघुवित्त समूहको उपसुचक ९ दशमलव ०४ प्रतिशतले घटेको छ भने बैंकिंङ्ग समूहको परिसूचक ९ दशमलव ४३ प्रतिशतले घटेको छ ।