IME Life New

पुरानाले अभिकर्ता इजाजत पत्र नविकरण गर्ने आज अन्तिम दिन, नगरे रद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । पुराना बीमा अभिकर्ता र सर्वेक्षकहहरुकाे इजाजत पत्र नविकरण गर्ने आज अन्तिम दिन । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीका लागि कार्यरत बीमा अभिकर्ता र सर्वेक्षकलाई चालू आव २०७९।८० काे अन्तिम दिनसम्ममा इजाजत पत्र नविकरण गरिसक्न सूचना जारी गरेकाे छ।

बीमा प्राधिकरणले २०७९ कात्तिक २१ गतेभन्दा पहिले जारी गरिएका बीमा अभिकर्ता र सर्वेक्षककाे इजाजत पत्र आजसम्ममा नविकरण गरिसक्नका लागी निर्देशन जारी गरेकाे हाे । नविकरण नगरेकाे अवस्थामा इजाजत पत्र रद्ध हुनेछ । बीमा ऐन २०७९ काे प्रावधान अनुसार अबदेखि अभिकर्ताकाे इजाजत पत्र नविकरण तीन वर्षका लागी मान्य हुनेछ।

Esewa
Crest

प्राधिकरणले इजाजत पत्र नविकरण गर्न बाँकी रहेका पुराना अभिकर्ताहरुलाई प्रवेशिका परिक्षा उतीर्णकाे प्रमाण पत्र(एसएलसी, एसइई), चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताकाे प्रमाण पत्र, स्थायीलेखा प्रमाण पत्र(करदाता प्रमाण पत्र प्यान कार्ड) र दुई थान फाेटाे सहित सम्बन्धित बीमा कम्पनीमार्फत् विवरण अध्यावधिक गरेर इजाजत पत्र नविकरण गराउन निर्देशन जारी गरेकाे छ।

सूचना प्रविधि प्रणालीमार्फत् इजाजत पत्र नविकरण कार्य भइरहेकाले पुराना अभिकर्ताले नविकरण गराउनुपूर्व कम्तीमा एकपटक आफ्नाे शैक्षिक, करदाता र नागरिकताकाे प्रमाण पत्र अध्यावधिक गराउनुपर्ने प्राधिकरणले अनिवार्य गरेकाे छ।

बीमा ऐन २०७९ काे प्रावधान अनुसार एकजना अभिकर्ताले एकै खाले सेवा प्रदान गर्ने कुनै एउटा मात्र बीमा कम्पनीमा अभिकर्ता भएर काम गर्न पाउँछन्। प्राधिकरणले एकभन्दा बढी बीमा कम्पनीमा कार्यरत अभिकर्तालाई कुनै एक कम्पनी मात्र राेजेर इजाजत पत्र नविकरण गर्न पाइने अनिवार्य गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS