IME Life
GBIME

नेपाल लाइफलाई कर्मचारीले खाइपाइ आएको सुविधा नघट्ने गरी विनियमावली संशोधन गर्न प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई कर्मचारी विनियमावली संशोधन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सात दिन भित्र संशोधित विनियमावलीमा यस भन्दा अगाडी कर्मचारीहरुले खाइपाइ आएको सुविधा नघट्ने संशोधन गरेर पेश गर्न निर्देशन दिएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति विनानै सञ्चालक समितिबाट विनियमावली पारित गरि कार्यान्वयन गरेको थियो । कर्मचारीहरुले खाइपाइआएको सेवा सुविधा नै कटौती गरेपछि कर्मचारीहरुले बीमा प्राधिकरणमा उजुरी दिएका थिए ।

Crest

श्रम ऐन विपरित कम्पनीको कर्मचारी नियमावली संशोधन भएको थियो । कर्मचारीको सेवा सुविधा कटौती गर्ने क्रममा किरिया विदाको अवधि समेत घटाइएको छ । कम्पनीले आफुखुसी विनियमावली संशोधन गरे पछि कर्मचारीहरुले कम्पनीमा संशोधनको माग गरेका थिए । कम्पनीले कर्मचारीको आवाज नसुने पछि उनिहरु प्राधिकरण पुगेका छन् ।

प्राधिकरणले पनि उनिहरुको आजाव सुनुवाइ गर्दै खाइपाइआएको सेवा सुविधा भन्दा नघटाउने गरी विनियमावली संशोधन गरेर प्राधिकरणमा सात दिन भित्र पेश गर्न निर्देशन दिइएको छ । कर्मचारी युनियनको सुझावलाई वेवास्था गर्दै उच्च व्यवस्थापन तथा सञ्चालकहरुले मनलाग्दी काम गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् 

श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%

खुसी

0%

दु :खी

5%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS