IME Life New

श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले कर्मचारी नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीमा श्रम ऐनका सामान्य व्यवस्थालाई पनि उल्लङ्घन गरिएको छ । नेपाल लाइफले नियामक निकाय बीमा प्राधिकरणबाट अनुमति समेत प्राप्त नगरी संशोधित नियमावली कार्यान्वयनमा ल्याएको छ ।

नियमावली संशोधनका क्रममा कुनै कर्मचारी आफै‌ं किरिया बस्नु परेमा कुल धर्म हेरी किरिया बस्ने महिला कर्मचारी भएमा समेत बढीमा १३ दिनसम्म किरिया बिदा पाउन सक्नेछन् भनिएको छ । यस भन्दा अगाडीको व्यवस्थामा १५ दिनसम्म बिदा पाउने व्यवस्था थियो ।

Esewa
Crest

कर्मचारीहरुले प्रस्तुत नियमावलीमा गरिएको संशोधनको नयाँ व्यवस्था हटाएर पुरानै व्यवस्था कायम गर्नु पर्ने माग राखेका छन् ।

नेपाल लाइफका कर्मचारीको तलब वृद्धि तथा वार्षिक ग्रेड वृद्धिका सम्बन्धमा नयाँ व्यवस्था अनुसार मासिक रुपमा पाउने आधारभूत पारिश्रमिकको आधा दिनको तलब एक वर्ष सेवा अवधि पुरा गरेको कर्मचारीले पाउने भनिएको छ । तर कर्मचारीहरुले प्रत्येक साउन महिनादेखिको स्केलमा एक ग्रेड माथिले वृद्धि पाउँदै जानु पर्ने व्यवस्थाका लागि माग राखेका छन् ।

नियमावली संशोधनका क्रममा काठमाडौं उपत्यका बाहेकका एक कार्यालयबाट अर्को कार्यालयमा कर्मचारी सरुवा भई जाँदा व्यक्तिगत सामान ढुवानी वापत सरुवा भएको कार्यालयको दूरीको आधारमा छोटो दुरीमा २ हजारसम्म, मध्यम दूरीमा ५ हजार र लामो दूरीमा ८ हजारसम्म उपलब्ध गराउन सक्ने व्यवस्था थियो । तर अहिले यो व्यवस्थालाई हटाइएको छ । कर्मचारीले पुरानै व्यवस्था कायम राख्न सुझाव दिएका छन् ।

नियमावलीमा घर कर्जा सुविधा अन्तर्गत रहेको घर सापटी सुविधावापत ५ वर्ष सेवा गरेको स्थायी कर्मचारीहरुलाई ७ वर्ष बराबरको खाईपाई आएको कुल तलबभत्ता ग्रेड सहित बराबरको रकम दिइनेछ भन्ने व्यवस्थालाई पनि हटाएको छ । उक्त घर सापटी सुविधा वापत सापटी लिए बराबरको रकमको २० वर्ष वा बाँकी सेवा अवधि जुन कम हुन्छ सो बराबरको अवधि राखी कर्मचारी बीमा जारी गरिनेछ भन्ने थियो । यसलाई पनि हटाइएको छ ।

दुई वर्ष अस्थायी सेवा अवधि पुरा गरेका कर्मचरीलाई मोटर साइकल सुविधा दिइने यस्तो सुविधा बापत प्रदान गरिएको सवारी साधनको नविकरण दस्तुर तथा बीमा वापतको प्रिमियम भुक्तानी कम्पनीले नै बहन गर्नेछ भन्ने व्यवस्थालाई हटाइएको छ । कर्मचारी यूनियनले यो व्यवस्थालाई कायम राख्नु पर्ने माग गरेकाे छ।

शाखा प्रमुखका लागि मासिक ३० लिटर र उप शाखा प्रमुखले २० लिटर पाउँदै आएको इन्धन सुविधालाई कटाैती गरेर  प्रमुखका लागि २० लिटर र उप शाखा प्रमुखको लागि १५ लिटर कामय गरिएको छ । कर्मचारीहरुले पुरानै व्यवस्थालाई कायम राख्न माग गरेका छन् ।

कर्मचारीले ५ वर्षको लागि गाडी सुविधा पाउने व्यवस्था थियो । अहिले यो व्यवस्थालाई थप दुई वर्ष गरि ७ वर्ष पुर्याइएको छ । तर ब्याज दर ६.७५ प्रतिशतबाट ८ प्रतिशत बढाइएको छ । कर्मचारीहरुले यसमा पनि पुरानै व्यवस्था कायम राख्न अनुरोध गरेका छन् ।

नियमावलीमा कम्पनीको सेवामा रहेको कुनै कर्मचारीको उमेर ५८ वर्ष पुरा भएपछि निजले कम्पनीको सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्थालाई संशोधन गरेर कम्पनीको सेवामा रहेको कुनै कर्मचारीको सेवा अवधि ३० वर्ष वा उमेर ५८ वर्ष पुरा भएपछि अनिवार्य अवकास पाउने व्यवस्था गरिदिएको छ । यो व्यवस्थालाई पनि हटाउन कर्मचारीहरुले अनुरोध गरेका छन् ।

कर्मचारीको संचित बिदाको व्यवस्थामा पनि व्यापक परिवर्तन गरिएको छ । बिरामी बिदा ९० दिन र घर बिदा ६० दिन गरी जम्मा १५० दिन संचित रहने व्यवस्थालाई संशोधन गरी बिरामी बिदा ४५ दिन र घर बिदा ९० दिन गरी जम्मा १३५ दिन कायम गरिएको छ । संचित बिदा १५० दिन कायम गरिनु पर्ने कर्मचारीको माग छ ।

स्थायी सेवा अवधि एक वर्ष भन्दा बढी तीन महिना बराबर, स्थायी सेवा अवधि २ वर्ष भन्दा बढी एक वर्ष बराबर, स्थायी सेवा अवधि ३ वर्ष भन्दा बढी २ वर्ष बराबरको व्यवस्थालाई संशोधन गरी कर्मचारी तलबी कर्जा प्रकृया झन्झटिलो बनाउनुका साथै थप कर्जा लिन नपाइने बनाइएको छ ।

कम्पनीमा कार्यरत कार्यकारी प्रमुख, स्थायी सेवामा रहेका कर्मचारीहरु एवं अनिवार्य अवकाशको अवधि पश्चात करारमा कार्यरत कर्मचारीहरुको हकमा समेत वर्षमा एक पटक १५ दिनको तलब भत्ता सहित अनिवार्य तलबी बिदा पाउने व्यवस्था छ । यस्तो अनिवार्य तलबी बिदा अन्य विदामा समायोजन गर्न नपाउने व्यवस्थालाई संशोधन गरी १५ दिनबाट घटाएर ७ दिनमा झारिएको छ ।

कर्मचारी यूनियनले कर्मचारीलाई सेवाबाट हटाउने बुँदामा छलफल गर्नुपर्ने माग राखेकाे छ । त्यस्तै कार्यालय पोशाककाे सुविधा अनिवार्य राखिनु पर्ने उनीहरुको माग छ । दुर्गम भत्ता समावेश गरिनु पर्ने, सहायक प्रबन्धकदेखि चार पाङ्ग्रे सुविधा दिनुपर्ने, म्यादी बीमा सुचारु राख्न पाउनु पर्ने, गाडी मर्मत तथा मोटर साइकल मर्मत खर्चको बिल भुक्तानी गर्नुपर्ने र सार्वजनिक बिदा तथा साप्ताहिक बिदामा कर्मचारीलाई काममा लगाएकाे अवस्थामा सट्टा बिदा दिइनु पर्ने माग कर्मचारी यूनियनले अघि सारेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

15%
sad

दु :खी

5%
amazed

अचम्मित

5%
excited

उत्साहित

70%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS