IME Life New

आइएमई लाइफको आइपिओमा पहिलो दिनमै एक अर्ब २७ करोडको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा एक अर्ब २७ करोडको आवेदन परेको छ । सिडिएससी एण्ड क्लियरिङले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज विहान १० बजेसम्ममा ४ लाख १९ हजार ४७२ जनाले ५३ लाख ९३ हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारण समुहको ९६ लाख कित्ता शेयर बिक्रीका लागि आह्वान गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आइपीओ निष्काशन तथा बिक्री खुला गरी बाँडफाँड समेत गरिसकेपछि हिजोदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको थियो ।

त्यस्तै, पाँच प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषको लागि छुटाइएको छ । पाँच प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुटाइएको छ भने बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा आज असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सोही अवधिमा पुर्ण आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अघिको आइपीओहरुलाई हेर्दा माग भन्दा धेरै आवेदन पर्ने हुनाले छिटो अवधिसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS