Connect IPS
IME Life

बीमा व्यवसायमा वैदेशिक रोजगार र लघु बीमाको हिस्सा २० प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रथम बीमा शुल्क आर्जनमा वैदेशिक रोजगार र लघु बीमा व्यवसायको हस्सा २० प्रतिशत देखिएको छ । जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार गर्न नसक्दा लघु तथा वैदेशिक रोजगार जस्ता अवाधिक बीमा पोलिसीको हिस्सा बढेको हो ।

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यहि अवधिमा लघु बीमालेख मार्फत २ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने वैदेशिक रोजगार बीमालेख मार्फत २ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका छन् ।

Prabhu
Crest

जेठ महिनासम्ममा वैदेशिक रोजगार बीमालेख मार्फत सन नेपालले मात्रै एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य कम्पनीहरु नेपाल लाइफ ४१ करोड ६४ लाख, सूर्यज्योति लाइफ ३७ करोड ८२ लाख, सानिमा रिलायन्स लाइफ २३ करोड ८७ लाख, आइएमई लाइफ ३९ करोड ९७ लाख आर्जन गरेका छन् ।

लघु बीमा व्यवसाय तर्फ नेशनल लाइफ अगाडी छ । नेशनल लाइफले जेठ मसान्तसम्ममा ७१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै अन्य कम्पनीहरु सिटिजन लाइफ ४९ करोड ८६ लाख, सानिमा रिलायन्स २८ करोड ४ लाख, सूर्यज्योति १९ करोड ३ लाख, मेट लाइफ १६ करोड ९६ लाख, महालक्ष्मी लाइफले १४ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

सावधिक जीवन बीमा व्यवसाय गर्दा कम्पनीको वित्तीय स्वास्थ्य राम्रो देखिन्छ तर मुनाफा राम्रो हुँदैन । त्यसैले कम्पनीहरु मुनाफा धेरै देखाउन वैदेशिक रोजगार, लघु लगायतका आवधिक जीवन बीमा पोलिसी बिक्री गरिरहेका छन् । केहि कम्पनीहरुले यहि पोलिसी मार्फत राम्रो मुनाफा गर्न सफल देखिए पछि अन्य कम्पनीहरु उनिहरुको सिको गर्न पुगेका हुन् । सुरु सुरुमा यस्तो बीमा व्यवसाय गर्ने कम्पनीहरुले भने व्यवसाय लिनै छाडेका छन् ।

वैदेशिक रोजगारमा सधै आक्रामक सन नेपाल लाइफ जेठ महिनामा भने सुस्त देखिन्छ । जेठ महिनासम्मको व्यवसायमा सन नेपाल सर्वाधिक हिस्सा सहित अगाडिदेखिएकोमा यस महिनादेखि भने उसको व्यवसाय अन्य कम्पनीले खोसेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS