IME Life New

स्वार्थ बाझिने गरी रेटिङ गरेकाे केयर रेटिङले कारवाहीबाट जाेगिन रेटिङ फिर्ता लियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । वित्तीय स्वार्थ बाझिने गरी पटक पटक क्रेडिट रेटिङ गरेकाे केयर रेटिङ नेपालकाे इजाज पत्र खारेजी गर्नका लागी दबाब पर्न थालेपछि केयर रेटिङले विशाल ग्रुप मुख्य साझेदार रहेकाे उर्जा प्रवर्द्धक कम्पनी ग्रीन भेन्चर्स नेपालकाे क्रेडिट रेटिङ फिर्ता लिएकाे छ।

घाेराही सिमेन्टमा जस्तै ग्रीन भेन्चर्स नेपालमा विशाल ग्रुप र त्रिवेणी ग्रुप मुख्य साझेदार रहेका छन्। त्रिवेणी ग्रुप र विशाल ग्रुप बीच ससुरा र ज्वाइँकाे पारिवारिक सम्बन्ध समेत रहेकाे छ। विशाल ग्रुप साझेदार रहेकाे ग्रीन भेन्चर्सकाे वित्तीय अवस्था सम्बन्धमा केयर रेटिङले गरिदिएकाे वित्तीय दायीत्व बहन गर्न सक्ने क्षमतासम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वाणिज्य बैंकले जलविद्युत उत्पादक कम्पनीमा कराेडाैं रूपैयाँ ऋण लगानी गरेका थिए । वाणिज्य बै‌ंकले ७ अर्ब ७७ कराेड रूपैयाँ ऋण लगानी गरेका छन् । ग्रीन भेन्चर्सले रामेछाप र ओखलढुंगाकाे सीमानामा पर्ने लिखु खाेलामा ५२.४ मेगावाट क्षमताकाे जलविद्युत परियाेजना निर्माण गरेकाे छ।

Esewa
Crest

केयर रेटिङले नै गरेकाे रेटिङका आधारमा धिताेपत्र बाेर्डले २०७८ चैत्रमा सर्वसाधारणमा ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशनकाे स्वीकृति दिएकाे थियाे । ग्रीन भेन्चर्समा विशाल ग्रुपका त्रिलाेकचन्द्र अग्रवालकाे नाममा ३,१७,७०० कित्ता र अनुज अग्रवालकाे  नाममा ११,०६,११० कित्ता शेयर रहेकाे छ।

पुनः केयर रेटिङ्सकै रेटिङ्सका आधारमा घाेराही सिमेन्ट उद्याेगले आइपिओ निष्काशनकाे स्वीकृति पाएकाे हाे । धिताेपत्र बाेर्डसँग लगानीकर्ताहरुकाे सम्पूर्ण विवरण उपलब्ध भएपनि पटक पटक स्वीकृति दिनुले धिताेपत्र बाेर्डकाे सञ्चालक समितिकाे गम्भीर लापरवाही देखिएकाे छ। धिताेपत्र बाेर्डले ग्रीन भेन्चर्सकाे क्रेडिट रेटिङकाे विषयमा क्रेडिट रेटिङ नियमावली २०६८ उल्लंघन गरेकाे भन्दै स्पष्टीकरण मागेपनि केयर रेटिङले जवाफ दिएकाे थिएन ।

केयर रेटिङ्सले विशाल ग्रुप मुख्य साझेदार रहेकाे घाेराही सिमेन्टकाे क्रेडिट रेटिङ गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्डले अनुसन्धान गरिरहेकाे छ। घाेराही सिमेन्टकाे वित्तीय अवस्था कमजाेर भएपनि वित्तीय विवरणमा ह्रासकट्टी अवधिलाई लम्ब्याएर कम्पनीकाे वित्तीय अवस्था सबल देखाइएकाे भन्दै रेटिङ एजेन्सीकाे इजाजत पत्र खारेजी गर्नुपर्ने आवाज मुखरित भएकाे छ।

क्रेडिट रेटिङ स‌ंस्था केयर रेटिङ नेपालमा विशाल ग्रुपकाे प्रत्यक्ष लगानीसँगै नेपाल पुनर्बीमा कम्पनी, एलआइसी नेपाल, प्रुडेन्सियल इन्स्याेरेन्स (हाल आइजिआइ प्रुडेन्सियल इन्स्याेरेन्स) र इमर्जिङ नेपाल  लिमिटेड मार्फत् समेत लगानी रहेकाे छ।

विशाल ग्रुप समेत साझेदार रहेकाे घाेराही सिमेन्टकाे वित्तीय अवस्था ढाकछाेप गर्ने गरी वित्तीय रेटिङ गरेकाे विषयमा अहिले धिताेपत्र बाेर्ड नेपालले अनुसन्धान गरी रहेकाे छ।

क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ सेवा प्रदायक स‌ंस्थाले आफ्नो वा आफ्नाे संस्थापक शेयरधनी, मुख्य सेयरधनी वा आफ्नाे मुख्य संस्था वा सहायक संस्थाको रेटिङ गर्न नहुने उल्लेख छ । यसबाहेक क्रेडिट रेटिङ कम्पनीले आफ्नो मुख्य शेयरधनी अन्य कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने व्यवस्था समेत नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

8%
sad

दु :खी

23%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS