IME Life New

प्रभु महालक्ष्मीले मर्जर पछि १५ पोलिसीलाई निरन्तरता दिने, यी हुन बिक्री हुने बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र एकिकृत कारोबारको लागि तिब्र गतिमा तयारी गरिरहेका छन् । एकिकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा विक्रिको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट)हरुको समेत छनोट गरेका छन् ।

दुबै  कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावण १ गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएका छन् । नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको छ ।

Esewa
Crest

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको हो । स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा,  बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

0%
sad

दु :खी

42%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS