IME Life New

दुई वर्षमा २१ प्रतिशतले घट्याे नेपाल लाईफका अभिकर्ताकाे कमिशन आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सकाे बीमाशुल्क आम्दानी क्रमशः वृद्धि हुँदै गए पनि व्यवसाय विस्तारका लागी महत्वपूर्ण याेगदान दि‌ंदै आएका अभिकर्ताकाे आम्दानी क्रमशः खुम्चिँदै गएकाे छ। कम्पनीले प्रकाशन गरेकाे तथ्या‌ंक विश्लेषण गर्दा दुई वर्षकाे अवधिमा नेपाल लाईफमा कार्यरत पेशगात अभिकर्ताकाे कमिशनवापतकाे आम्दानी २१ प्रतिशतले खुम्चिएकाे छ।

२०७७।७८ काे चैत्र मसान्तकाे तुलनामा चालू आवकाे चैत्रमसान्तकाे अवधिमा अभिकर्ताकाे कमिशन आम्दानी २१ प्रतिशतले खुम्चिएकाे हाे । यसैगरी आव २०७७।७८ मा समीक्षा अवधिभित्र अभिकर्ताले २ अर्ब ८४ कराेड ७६ लाख रुपैयाँ कमिशन आम्दानी गरेकाेमा चालू आर्थिक वर्ष २०७९।८० काे चैत्र मसान्तसम्ममा अभिकर्ताले कमिशनवापत रु.२ अर्ब २३ कराेड ४३ लाख रुपैयाँ भुक्तानी लिएका छन् ।  यसैगरी गत आव २०७८।७९ काे साेही अवधिमा अभिकर्ताले २ अर्ब ६३ कराेड ४६ लाख ५३ हजार रुपैयाँ कमिशन भुक्तानी पाएका थिए । गत आवकाे तुलनामा चालू आवमा अभिकर्ताकाे कमिशन आम्दानी १५ प्रतिशतले खुम्चिएकाे छ।

Esewa
Crest

चालू आवकाे ९ महिने अवधिमा कमिशन आम्दानी १५ प्रतिशतले खुम्चिएकाेमा व्यवस्थापन खर्च ६ प्रतिशतले वृद्धि भएकाे छ। अपरिष्कृत त्रैमासिक विवरण अनुसार गत आवकाे चैत्र मसान्तकाे तुलनामा व्यवस्थापन खर्च ६ कराेड ५० लाख ९७ हजार रुपैयाँले वृद्धि भएकाे छ। गत आव २०७८।७९ काे चैत्रसम्ममा १ अर्ब ७ लाख ४९ हजार व्यवस्थापन खर्च रहेकाेमा चालू आवकाे साेही अवधिमा १ अर्ब ६ कराेड ५८ लाख ४७ हजार रुपैयाँ पुगेकाे छ। आव २०७७।७८ काे तुलनामा नेपाल लाईफका बीमा अभिकर्ताकाे कमिशन आम्दानीवापतकाे रकम २ कराेड ६३ लाख ९५ हजार रुपैयाँले घटेकाे थियाे ।

नेपाल लाईफले गत चैत्र मसान्तसम्ममा चालू आवमा कूल २७ अर्ब २६ कराेड १२ लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेकाे छ। याे रकममध्ये करिब १५ प्रतिशत हिस्सा प्रथम बीमाशुल्क आम्दानीले ओगटेकाे छ। यसैगरी गत आवकाे साेही अवधिमा ४ अर्ब ८३ कराेड रुपैयाँ प्रथम बीमाशुल्क सहित २६ अर्ब ३७ कराेड ३५ लाख  रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेकाे थियाे ।

देशव्यापी ठूलाे अभिकर्ता सञ्जालका कारण जीवन बीमा व्यवसायमा उल्लेख्य बजार हिस्सा हासिल गरेपनि कम्पनीकाे सञ्चालक समिति र उच्च व्यवस्थापनले क्रमशः परम्परागत वितरण सञ्जालकाे याेगदान हिस्सा घटाउँदै लैजाने रणनीति अपनाएकाे छ।  विद्युतीय वालेट खल्ती एप्स लगायतका माध्यमबाट जीवन बीमालेख बिक्री गर्ने प्रयास गरेपनि उपलब्धी शून्य भएपछि पछि हट्न बाध्य भएकाे थियाे । सफलता हात नलागे पनि सूचना प्रविधि र वैकल्पिक वितरण माध्यमकाे प्रयाेग गरेर व्यक्तिगत अभिकर्तामाथिकाे निर्भरता हटाउने भरमग्दूर प्रयास जारी राखेकाे छ।

नेपाल लाईफकाे प्रमुख कार्यकारी अधिकृत पदमा सन्ताेष प्रसाइँ नियुक्त भएलगतै सञ्चालक समितिले अभिकर्ता कमिशन स‌ंरचनामा व्यापक फेरबदल गर्दै कमिशन वितरणमा कैंची चलाएकाे थियाे । सञ्चालक समितिकाे निर्णय विरूद्ध अभिकर्ता आन्दाेलित भएपनि सञ्चालक समितिले कमिशन र इन्सेन्टिभ लगायतका सुविधा वितरणमा संशाेधित प्रावधान नै लागू गर्याे । विवेक झा पछि व्यवस्थापन नेतृत्वमा आएका प्रमुख कार्यकारी अधिकृतहरुलाई सञ्चालक समितिले पूर्ण रुपमा नियन्त्रणमा लिएर स सानाे निर्णयहरुमा समेत हस्तपेक्षलाई निरन्तरता दिई रहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS