IME Life New

बंगलादेशमा सम्पत्ती बीमा अनिवार्य गर्ने सरकारकाे पुनः प्रयास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं ।  बंगलादेश सरकारले सबै सार्वजनिक र निजी भवनका मालिकले आफ्नो सम्पत्तिको बिमा अनिवार्य गराउने प्रावधान लागू गर्न पुनः प्रस्ताव  गरेको छ । जोखिममा रहेका सबै सार्वजनिक तथा निजी भवनको बीमा गर्न र सम्पत्ती धनीको आर्थिक सुरक्षाका लागि आवश्यक कदम चाल्न बंगलादेशी अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

प्रस्तावतित भवन जोखिम न्यूनीकरण गर्ने योजनामा अग्नि बीमा, भूकम्प बीमा, चक्रवात बीमा, बाढी बीमा, सबै जोखिम बीमा आदि समेटिएको छ। आर्थिक संस्था विभागले १८ मे गते भवन बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था गर्दै स्थानीय सरकार विभागका सचिव र आवास तथा सार्वजनिक निर्माण मन्त्रालयका सचिवलाई पत्र पठाएको स्थानीय दैनिक अखबारहरूले उल्लेख गरेका छन् ।

Esewa
Crest

ढाकालगायत विभिन्न महानगरमा भएका बृहत विकास कार्यका कारण देशमा बहुतले भवनको सङ्ख्या बढ्दै गएकाले  जोखिम  समेत बढ्दै गएको निष्कर्ष सहित सरकारले सम्पत्ती बीमा अनिवार्य गर्ने प्रस्ताव अघि सारेकाे हाे । निजी भवन,सरकारी स्वामित्वमा रहेका बहुतल्ले भवनहरुकाे अनिवार्य बीमा गर्ने सरकारका अघिल्लाे प्रयासहरु असफल हुँदै आएका छन् ।

ब‌ंगलादेशमा विशेषगरी गार्मेन्ट उत्पादन उद्याेग रहेकाे भवन, खुद्रा तथा थाेक बजारहरूमा भीषण आगलागीका घटनाहरु नियमित हुँदै आएका छन् । आगलागीका कारण जनधनकाे समेत ठूलाे क्षति हुने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS