IME Life New

बंगलादेशमा ४५ प्रतिशत बीमितले जीवन बीमाकाे दाेश्राे किस्ता तिर्दैनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बंगलादेशमा जीवन बीमा कम्पनीले बिक्री गर्ने जीवन बीमालेखमध्ये झण्डै  पैतालीस प्रतिशत बीमालेख दाेश्राे वर्षदेखि नविकरण नै हुँदैन । केही बीमा कम्पनीकाे करिब ७० प्रतिशत बीमालेख दाेश्राे वर्षदेखि नविकरण हुँदैनन् ।

ब‌ंगलादेश बीमा विकास तथा नियामक प्राधिकरणका अध्यक्ष जैनुल बारीले स्थानीय अखबार डेली स्टारसँगकाे अन्तरवार्ताका क्रममा यस्ताे जानकारी दिएका हुन् । अध्यक्ष बारीले बीमालेख व्यतित हुनुकाे पछाडी बीमा अभिकर्ताकाे गैर जिम्मेवारपन मुख्य रहेकाे प्रतिकृया दिएका छन् । बीमालेख बिक्री गर्नु अघि बीमितलाई जीवन बीमा अभिकर्ताले बीमाशुल्ककाे भार, बीमालेखकाे शर्त र सुविधाहरू,भुक्तानीकाे शर्तहरू, बीमालेखकाे अवधि लगायतका सामान्य जानकारीबाट समेत वञ्चित गराउने प्रवृत्ती मुख्य जिम्मेवार रहेकाे उनकाे भनाई छ।

Esewa
Crest

अभिकर्ताले बीमितसँग फट्याइँ गर्नुकाे पछाडी बीमालेख बिक्रीवापतकाे कमिशन स‌ंचरना दुरूत्साहन प्रदान गर्दै आएकाे छ। जीवन बिमा अभिकर्ताले पहिलाे वर्ष ३० प्रतिशत, दाेश्राे वर्ष १० प्रतिशत र तेश्राे वर्षदेखि बीमालेख परिपक्व हुनु अघिसम्म ५ प्रतिशतका दरले कमिशन प्राप्त गर्छन्।

शुरूकाे वर्षकाे तुलनामा पछिल्ला वर्षहरूमा पाउने कमिशनकाे दर बढाएर बीमितकाे आय श्राेतले धान्न सक्ने क्षमताकाे मात्र बीमाशुल्क भुक्तानी गर्ने गरी बीमालेख बिक्री गर्न बाध्य बनाउने तयारी गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

30%
amazed

अचम्मित

0%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS