IME Life New

भारतः विनाशकारी चक्रवातको दाबी द्रूत गतीमा फर्छ्याैटका लागी तयार रहन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा नियामक आइआरडिएआइले विपरजाेय नामक विनाशकारी चक्रवातले पुर्याउन सक्ने धनजनकाे क्षतिलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएकाे छ। नियामकले स‌ंभावित क्षतिपूर्तीकाे दाबी तत्काल फर्छ्याैट गर्नका लागी आवश्यक जनशक्ति र क्षतिपूर्ती दाबीकाे प्राविधिक तयारी गरेर राज्य सरकारहरुलाई लिखित जानकारी गराउन समेत निर्देशन दिएकाे छ।

आइआरडिएआइद्वारा शुक्रबार जारी परिपत्रमा दाबी भुक्तानीमा निर्जीवन बीमक र स्वास्थ्य बीमकलाई कुनै पनि ढिलासुस्ती हुन नदिनका लागी हरस‌ंभव उपाय अपनाउन सजग गराइएकाे छ। साथै दाबी सम्बन्धमा अध्यावधिक विवरण नियमितरुपमा नियामकलाई सूचना प्रणालीमार्फत् उपलब्ध गराउन समेत निर्देशन दिएकाे छ।

Esewa
Crest

जारी परिपत्रमा निर्जीवन बीमक र स्वास्थ्य बीमकले बाह्य जनशक्ति समेत परिचालन गरेर प्रत्येक प्रभावित राज्य वा केन्द्र शासित प्रदेशमा बीमाकाे अनुसन्धान, सर्वेक्षण र क्षति मूल्यांकन वरिष्ठ कार्यकारीकाे नियुक्ति गर्न दिइएकाे छ। गुनासाे सुन्ने अधिकारी नियुक्त गर्ने र साेकाे जानकारी प्रदेश मुख्य सचिव वा अधिकारीलाई जानकारी गराउनुपर्नेछ। यसैगरी ठूलाे स‌ंख्यामा दाबी पर्ने जिल्लाहरूमा जिल्ला दाबी प्रमुखकाे नियुक्त गर्न समेत निर्देशन दिएकाे छ।

यसबाहेक राज्य र जिल्लाका  बीमा  प्रमुखहरूको सम्पर्क विवरणहरू वेबसाइटमा प्रकाशन गर्न र आवश्यक प्रचारका लागी आमसञ्चार माध्यममा समेत प्रकाशन गर्नका लागी निर्देशन दिएकाे छ । २४ घण्टै उपलब्ध हुने ग्राहक सेवा केन्द्र सञ्चालन गर्न र बीमितमा सचेतना फैलाउन समेत निर्देशन दिएकाे छ।

पाकिस्तानबाट शुरु भएकाे विनाशकारी चक्रवात भारतकाे गुजरात राज्यमा प्रवेश गरी सकेकाे छ। याे चक्रवातकाे गती १०० किलाेमिटर प्रतिघण्टा रहेकाे छ। याे विनाशकारी चक्रवातका कारण पाकिस्तानमा लाख भन्दा बढी सर्वसाधारणहरु थातथलाे छाेडेर सुरक्षित क्षेत्रमा जान बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS