IME Life New

स्वीस बीमक जुरिक इन्स्याेरेन्स समूहले भारतीय बीमा कम्पनीमा लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । यूराेपेली मुलुक स्वीट्जरल्याण्डमा मुख्यालय रहेकाे बीमक समूह जुरिक इन्स्योरेन्स समूहले भारतीय निर्जीवन बीमा कम्पनीमा स‌ंयुक्त लगानी गर्न चासाे देखाएकाे छ। कोटाक जनरल इन्स्योरेन्सको ५१ प्रतिशतसम्मकाे शेयर हिस्सा खरिद गर्नका लागी उच्च व्यवस्थापन तहमा वार्ता गरिरहेकाे भारतीय आमसञ्चार माध्यमले उल्लेख गरेका छन् ।

एशियाको सबैभन्दा धनी बैंकर उदय कोटाकको समर्थनमा, प्रारम्भिक चरणको वार्ताले भारतीय कम्पनीको मूल्य करिब ८० करोड अमेरिकी डलर तोकेको छ । जुरिक इन्स्योरेन्स समूहले ४९ प्रतिशतको अल्पसंख्यक हिस्सेदारी वा बहुमतको ५१ प्रतिशत हिस्सेदारी दुबैमा चासो देखाएको छ, स्रोतले भन्यो। स्वीस बीमकले सुरक्षित गर्न चाहेकाे शेयरको मूल्य करबि ४० कराेड अमेरिकी डलर हुनेछ।

Esewa
Crest

जुरिक युरोपको सबैभन्दा ठूलो बीमा कम्पनीहरू मध्ये एक हाे ।  भारतीय सञ्चारमाध्यमहरुले प्रत्यक्ष विदेशी लगानीकाे विषयमा दाबी गरिरहे पनि राेयटर्सले राखेकाे जिज्ञासामा जुरिक इन्स्याेरेन्स समूहले कुनै प्रतिकृया जनाएन ।

भारतले सन् २०२१ देखि बीमा क्षेत्रको लागि विदेशी लगानी सम्बन्धी नीतिमा परिवर्तन गर्दै भारतीय बीमा कम्पनीमा ७४ प्रतिशत सम्मको बहुमत हिस्सेदारी लगानी गर्न अनुमति दिएको छ। यस्ताे लगानीकाे सीमा अधिकत्तम ४९ प्रतिशत थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS