IME Life New

बंगलादेश: संकटमा परेका चार जीवन बीमा कम्पनीमा नियामकको हस्तक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । ब‌ंगलादेशी बीमा नियामक बीमा विकास तथा नियमन प्राधिकरण (आईडीआरए) ले बीमितको हित संरक्षण गर्न नसकेको भन्दै चारवटा जीवन बीमा कम्पनीको व्यवस्थापनमा हस्तक्षेप गरेकाे छ।

द डेली स्टार अखबारका अनुसार लामाे समयदेखि समस्याग्रस्त प्रोग्रेसिभ लाइफ इन्स्योरेन्स, सनलाइफ इन्स्योरेन्स, पद्म इस्लामी लाइफ इन्स्योरेन्स र गोल्डेन लाइफ इन्स्योरेन्स कम्पनीमा मा पर्यवेक्षकका रूपमा चार जना अधिकारीलाई नियुक्त गरिएको छ ।

Esewa
Crest

नियुक्त गरिएका पर्यवेक्षकहरुले जीवन बीमा दाबीकाे भुक्तानी सक्दाे चाँडाे दिलाउन र बीमितको गुनासाे सम्बोधन गर्नका लागी कम्पनीकाे लगानी तथा आन्तरिक व्यवस्थापन सुधारका प्रयासहरु गर्नेछन् ।

 

जीवन बीमा कम्पनी

भुक्तानी गर्न बाँकी दाबी

कूल सम्पत्ती

प्रोग्रेशिभ लाईफ इन्स्याेरेन्स

 

आगामी पाँच वर्षमा बीमितलाई भुक्तानी गर्नुपर्ने दायीत्व ४ अर्ब ३० करोड ब‌ंगलादेशी टाका  सम्पत्ती जम्मा ४६ करोड
सन लाईफ इन्स्याेरेन्स आगामी पाँच वर्षमा बीमितलाई भुक्तानी गर्नुपर्ने दायीत्व २ अर्ब बंगलादेशी टाका सम्पत्ती जम्मा १ अर्ब 
पदमा इश्लामी लाईफ इन्स्याेरेन्स  १ अर्ब २ करोड ब‌ंगलादेशी टाका कूल १ अर्ब ६० करोड टाकाको सम्पत्तीमध्ये २० करोडको सम्पत्ती मात्र लिक्वीडेट गर्न सकिने
गोल्डेन लाईफ इन्स्याेरेन्स दाबी गर्न बाँकी रकम ७० करोड ब‌ंगलादेशी टाका सम्पत्ती जम्मा ४८ करोड 

स्थानीय आम सञ्चार माध्यमहरुका अनुसार यी चारवटै जीवन बीमा कम्पनीमा आन्तरिक नियन्त्रण र सुशासनको अवस्था दयनीय छ। अधिका‌ंशमा उच्च पदस्थ कर्मचारीले बीमाशुल्क आम्दानीवापतको रकम दुरुपयोग गरेकाे वा सञ्चालक समितिले निजी स्वार्थको प्रयाेजनमा बीमा कोषको रकम लगानी गरेकाे अवस्था छ। दक्षिण एशियाली मुलुकहरुमध्ये नै बीमा कम्पनीहरुमा भएको भ्रष्टाचारको सबैभन्दा बढी काण्ड सार्वजनिक भएको मुलुक हो । नियामकको नियमन क्षमताभन्दा अधिक स‌ंख्या(७०) वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेकाले बंगलादेशमा नियमन ज्यादै कमजोर छ। बीमा नियामकको पदाधिकारीहरु समेत प्रमुख कार्यकारीको नियुक्ति स्वीकृतिका लागी घुस मागेको आरोपमा मुद्दा खेपी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS