Connect IPS
IME Life

रिलायबल लाइफले प्रिमियम बढाएर धितोपत्र बोर्डमा दियो पुनः आवेदन, आइपिओबाटै २ अर्ब २६ करोड आर्जन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम रकम बढाएर आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको छ । कम्पनीले सर्वसाधारण समुह तर्फको एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । सर्वसाधारणका लागि १९९ रुपैयाँ प्रिमियम सहित २९९ रुपैयाँका दरले निष्काशन गर्नेछ ।

कर्मचारीका लागि सुरक्षित गरिएको ६ लाख शेयर भने आधार मूल्यमै बिक्री गर्नेछ । कर्मचारी बाहेक एक करोड १४ लाख कित्ता शेयर मात्रै २९९ रुपैयाँको दरले निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको शेयरबाट कम्पनीले प्रिमियम बापत २ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्नेछ ।

Prabhu
Crest

आय कर ऐन अनुसार कम्पनीले सरकारले २५ प्रतिशत कर तिर्नु पर्ने लाभांश वितरण गर्नका लागि एक अर्ब ७० करोड मात्रै योग्य हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । कम्पनीले प्रिमियम बापत २ अर्ब २६ करोड रुपैयाँ संकलन गर्ने र सोमा २५ कर कट्टी पछि पनि एक अर्ब एक अर्ब ७० करोड बच्ने भएकाले सहजै चुक्ता पूँजी जुटाउन सक्नेछ ।

कम्पनीलाई नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिए सँगै नेपाल धितोपत्र बोर्डमा सबैभन्दा पहिला आवेदन दिएको थियो । तर धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशन गर्न नदिने भन्दै लामो समयदेखि रोक लगायो । कम्पनीले भिष्म ढुङ्गाना अध्यक्ष हुँदै आवेदन दिएको थियो । पछिल्लो समय बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रिमियममा आइपिओ निष्काशन गर्न दिने विषयमा एक आपसमा सहमति जनाएका थिए । अन्तत धितोपत्र बोर्ड प्रिमियममा आइपिओ निष्काशन गर्न सहमत भयो । कम्पनीले सबैभन्दा पहिला आवेदन दिदा तत्कालन समयमा कम्पनीको नेटवर्थका आधारमा जम्मा १२० रुपैयाँ प्रिमियम मात्रै तोकेको थियो ।

तत्कालिन समयमा आइपिओ निष्काशन गर्न नपाउदा कम्पनीले थप दुई आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिसकेको छ । यस अवधिमा कम्पनीको नेटवर्थ पनि बढ्यो । पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीले नेटवर्थको दुई गुणासम्म प्रिमियम निर्धारण गर्न पाउने व्यवस्थाका कारण अहिले नयाँदर सहित प्रस्ताव पेश गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

7%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS