Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा सम्पन्न, यस्तो छ पूँजी ५ अर्ब पुर्याउने योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

विशेष साधारणसभाले नेपाल बीमा प्राधिकरणले निर्देशन गरे अनुरुपको चुक्ता पूँजी जुटाउने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । विध्यमान संस्थापक शेयरधनीहरु सँग कम्पनीले हकप्रद मार्फत तीन अर्ब ३२ करोड रुपैयाँ पूँजी जुटाउनेछ । हकप्रद निष्काशन पछि संस्थानको चुक्ता पूँजी ३ अर्ब ५० करोड पुग्नेछ ।

Prabhu
Crest

हकप्रद निष्काशन सँगै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत हिस्सा रहने गरी एक अर्ब ५० करोड रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । आइपिओ प्रिमियममा निष्काशन गर्ने संस्थानको योजना छ । आइपिओ निष्काशन पछि चुक्ता पूँजी ५ अर्ब  रुपैयाँ पुग्नेछ । प्रिमियममा शेयर निष्काशन गर्दा कम्पनीको जगेडा कोषमा राम्रै पैसा जम्मा हुनेछ ।

सभाले आर्थिक वर्ष २०७५/ ७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

संस्थानले आगामी कार्तिक २२ गतेसम्ममा आफुलाई कम्पनीको रुपमा परिणत गरिसक्नु पर्नेछ । बीमा ऐन २०७९ ले संस्थानलाई एक वर्षको अवधि दिएर संस्थानको रुपमा परिणत हुन समय दिएको छ । यस सँगै राष्ट्रिय बीमा संस्थान ऐन खारेज हुनेछ । र बीमा प्राधिकरणको नियमनको दायरा भित्र रहनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS